१७ असोज । मीन राना । नेपाल मगर संघ द.कोरिया थेगु शाखा द्वारा आयोजित प्रथम लाफा भलिबल कप २०२२ सम्पन्न भएको छ।”स्वास्थ्य र मनोरञ्जनको लागि खेल,परदेशमा नेपालीहरूको मेल” भन्ने मुल नाराका साथ यस नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाले भलिबल कप आयोजना गरेको थियो । संघले समाज घर ब्यवस्थापन तथा आकस्मिक राहत कोष स्थापनाका लागि प्रथम लाफा भलिबल लागी आयोजना सम्पन गरेको हो ।
थेगु स्थित गुजी भलिबल खेल मैदानमा अक्टूबर २ तारिकमा सम्पन्न मैत्रीपूर्ण नक-आउट भलिबल प्रतियोगितामा कोरिया भरिबाट २० टिमको सहभागी रहेको थियो ।
१९ टीमलाई पछि पार्दै बाग्लुङ समाज “A”प्रथम हुन सफल भएको थियो । भने उपविजेता थेसो परिवार ‘A’भएको थियो। सान्त्वनामा स्याङ्जा परिवार थेगु शाखा र गुल्मी सम्पर्क समितिले चित्त बुझाउनु परेको थियो।
त्यसै गरी अन्य विधामा उत्कृष्ट स्पाइकर सुमिथ सुनार ,उत्कृष्ट लिफ्टर दिनेश क्षेत्री,उत्कृष्ट डिफेन्डर सुरेश क्षेत्री,उत्कृष्ट ब्लकर रमेश थापा मगर सर्बोकृष्ट खेलाडी सूर्यजंग क्षेत्री,नब प्रतिभा खेलाडी करण ओली घोषित भएको थियो।
प्रतियोगितामा प्रथम हुनेले २२ लाख वन, ट्रफि, मेडल र सम्मान पत्र , दोस्रो हुनेले १२ लाख वन, ट्रफि, मेडल र सम्मान पत्र र सान्त्वना हुने दुई टीमले ३ लाख ५० हजार वन साथै उत्कृष्ट स्पाइकरले ५० हजार वन ,मेडल र सम्मान पत्र ,उत्कृष्ट लिफ्टरले ५० हजार वन ,मेडल र सम्मान पत्र,उत्कृष्ट डिफेंडर ले ५० हजार वन ,मेडल र सम्मान पत्र
र उत्कृष्ट ब्लकरले ५० हजार वन ,मेडल र सम्मान पत्र प्राप्त गरेको थियो। सर्बोकृष्ट र नव प्रतिभा खेलाडीलाई सम्मान पत्र सहित नगद सहित सम्मान पाएका थिए ।
खेल सम्पन्न गर्न अहम भूमिका निर्बाह गर्नुहुने मुख्य रेफ्रि अनिल लामिछाने मगर, दिलेन्द्र मगर, फट्ट पुन मगर, गजेंद्र कार्की,जीवन अदै मगरलाई समेत सम्मान पत्र द्वारा सम्मान गरेको थियो।
मञ्चमा आसीन प्रमुख अतिथि सँगै कार्यक्रम संयोजक कमल थापा मगर र खेल संयोजक मित्र सोराली मगर ज्यूँ लागएत अतिथीहरूको हात बाट विजेता उपविजेता टीमलाई पुरस्कार हस्तांतरण गरेको थियो ।
प्रतियोगितामा मगर संघ किम्हे बुसान शाखाका अध्यक्ष धन सलामी मगर, मगर समाज गजेडोका गोपाल तुमिंग, थेगु नेपाली मंचका अध्यक्ष भानु घिमिरे, स्याङ्जा परिवार थेगु शाखा /थेगु मञ्चका संरक्षक रमेश राना मगर, स्याङ्जा परिवार थेगु शाखा अध्यक्षमित्र सोती मगर, नेपाली परोपकार समाज गुजीका अध्यक्ष निमेश गुरूङ, बागलूङ समाज थेगु शाखाका अध्यक्ष ज्ञानु श्रीस मगर लगायतको उपस्थिति रहेको थियो । त्यस्तैगरी लोक दोहोरी गीत प्रतिष्ठान कोरियाका संस्थापक अध्यक्ष/संरक्षक जीतन भाई श्रीस मगर, मगर संसार फोटो ग्यालरीका अध्यक्ष/सामाजिक अभियंता अनिल लामिछाने मगर, नरेश श्रीस मगर &परी गुरुङ श्रीस मगर, नेपाल मगर संघ द. कोरियाका सचिव QS रेमित (तारा मगर), बागलूङ् समाज केन्द्रका सचीव रेशम पौडेल, तमु धि थेगु शाखा अध्यक्ष गणेश गुरुङ्, तामाङ घेडूंग ख्याङसाङ्का सल्लाहकार तथा थेगु नेपाली मञ्चका कोषाध्यक्ष तिलक तामाङ र थेगु नेपाली मंचका सचिव सन्तोष कस्यप लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम चिरन थापा मगरको सभापतित्व, नेपाल मगर संघ द. कोरिया केन्द्रका अध्यक्ष टेक पुन मगरको प्रमुख आतिथ्यता, मगर संघ थेगु शाखाका संरक्षक नरेश थापा मगरको बिशिष्ट आथिथ्यता तथा संघका महासचिव खडक घर्ति मगरको संचालनमा सम्पन्न भएको थियो ।