मनजित चौधरी, असोज १७ । काठमाडौ । समाजिक अभियन्ता तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार शर्मा र कुशल ब्यबसायी राजेन्द्र पाख्रीन राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । बागमती (नेवा: तामसालिङ्ग) राज्य परिषदका अध्यक्ष एस के महर्जनको अध्यक्षता भएको पार्टी प्रबेश कार्यक्रममा नव प्रबेशी शर्मा र पाख्रीनलाई सदस्यता पत्र संगै खादा लगाई स्वागत गरेका थिए ।
राष्ट्रिय जनमुक्ति पार्टीको राजनीतिक मार्ग बहुजातीय लोकतान्त्रिक समाजबाद उन्मुख मुलुकको बिबिधतासंग सुहाउँदो रहेकोले जनमुक्ति पार्टीलाई रोजेको नवप्रवेशीहरुले बताए । उनीहरुले देश बचाउन र देश बनाउन अब सचेत नागरिकहरुको विकल्प भनेको जनमुक्ति रहेको बताउँदै ढिलो चाडो सचेत बर्ग जनमुक्तिको निलो झण्डामा गोलबन्द हुने विश्वाश ब्यक्त गरे । नव प्रबेशी द्वय काठमाण्डौ र सिराहा बाट आसन्न मंसिर-४ गते निर्वाचनमा प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष उम्मेदवार उठ्ने घोषणा पनि गरेका थिए ।