About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
फाईनल खेलमा लक्ष्मीपुर रामग्राम विजयी 

Darpanpost सोमबार, आश्विन १७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मनजीत चौधरी,  तिलोत्तमा । संगम सहारा युवा क्लब तिलोत्तमा नगरपालिका वडा नं. १० सगरहवाद्वारा विजयादशमीको उपलक्ष्यमा आयोजित गाउँले भलिबल प्रतियोगिताको आइतबार फाइनल खेल सम्पन्न भएको छ ।

भलिबल प्रतियोगिता गत बिहीबारदेखि सुरु भएको थियो । फाईनल खेलमा प्रथम पुरस्कारका लागि लक्ष्मीपुर रामग्राम नवलपरासी र बरेवा नवलपरासीबीच निकै प्रतिस्पर्धात्मक खेल चलेको थियो । फाईनलमा लक्ष्मीपुर रामग्राम नवलपरासीले प्रथम पुरस्कार जित्न सफल भएको छ भने बरेवा नवलपरासी द्वितिय र प्रसौनी नवलपरासीले तृतीय स्थान हासिल गरेका छन् । क्लबका अध्यक्ष कनई थारुले उक्त भलिबल प्रतियोगितामा जम्मा ३५ टिम सहभागी रहेको जनाउँदै प्रथम स्थान हासिल गर्नेलाई २० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ०५ हजार नगत पुरस्कार प्रदान गरेको बताउनुभयो ।

फाईनल समारोह कार्यक्रम जसपा केन्द्रीय सदस्य मातृका प्रसाद यादवको प्रमुख आतिथ्यता, क्लबका उपाध्यक्ष चंदन चौधरीको स्वागत र क्लबका अध्यक्ष कनई थारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com