About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
बृज मोहन चौधरीको अध्यक्षतामा २१ सदस्यीय समिति चयन

Darpanpost सोमबार, आश्विन १७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मनजीत चौधरी, तिलोत्तमा । १७ असोज । राष्ट्रिय जनमुक्ति पार्टी वडा इकाई समिति तिलोत्तमा नगरपालिका वडा नं. १७ को दोस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशन वडा नं. १७ स्थित कानपारा गाउँमा आइतबार सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले सबै जाति समुदायको पहिचान र समान अधिकारको वकालत गर्ने राष्ट्रिय जनमुक्ति पार्टी पहिलो रहेको दाबी गर्दै समान अधिकार र समानुपातिक प्रतिनिधित्वको लागि अब तिलोत्तमाका थारु लगायतका सम्पूर्ण उत्पीडित जनसमुदाय अब जनमुक्तिमा गोलबद्ध भएर संघर्ष गर्न समेत आग्रह गर्नुभयो । ठूला भनाउँदा दलाल राजनीतिक दल र नेताहरुले देशको नदीनाला र जमिन विदेशीलाई बेचेर देशलाई फिजीकरण गर्न खोजेको आरोप लगाउँदै प्रदेश अध्यक्ष गुरुङ्गले अब राष्ट्र र राष्ट्रियता बचाउँनका लागि समेत सम्पूर्ण जनसमुदाय जनमुक्तिमा एकताबद्ध हुनुपर्ने जिकीर गर्नुभयो । उहाँले दलालहरूले देशमा भएका सम्पूर्ण उद्योग कलकारखानाहरू बेचेर देशका उर्जाशील युवाशक्तिलाई खाडीमा श्रम बेच्न बाध्य पारेको आरोप लगाउँदै विदेशबाट भित्रिएको रेमिट्यान्सबाट ठूलाठूला महल र महंगा गाडी चढेको दाबी गर्नुभयो ।

त्यस्तै नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष रेखाप्रसाद चौधरीले राज्यले सबै जाति, भाषा, धर्म, समुदायलाई उचित सम्मान र समान अधिकार दिनुपर्ने भएतापनि राज्यले एउटा जाति समुदायको मात्र पक्ष लिएको आरोप लगाउँदै जनमुक्तिले मात्र विगत तीन दशकदेखि पहिचान, समान अधिकार र जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको कुरा उठान गर्दै आइरहेको हुँदा अब सम्पूर्ण अधिकारविहीन उत्पीडित समुदायहरु जनमुक्तिमा आबद्ध भएर लाग्न अपिल गर्नुभयो । कार्यक्रममा रुपन्देही निर्वाचन क्षेत्र नं. ०१ का क्षेत्रीय अध्यक्ष आश बहादुर गुरुङ्ग, पार्टीका नगर अध्यक्ष भोम बहादुर बुढा मगर, नगर बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर बलाल, महिला उपाध्यक्ष राधिका श्रीस पुन, राष्ट्रिय महिला मोर्चाका तिलोत्तमा अध्यक्ष निर्मला थापा मगर, आसन्न स्थानीय निर्वाचन तिलोत्तमा वडा नं. ०७ का महिला सदस्य उम्मेदवार रिता चौधरी लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनले क्षेत्रीय अध्यक्ष आश बहादुर गुरुङ्गको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरेको थियो, जसको सदस्यहरुमा पार्टीका नगर महिला उपाध्यक्ष राधिका श्रीस पुन र राष्ट्रिय महिला मोर्चा नगर अध्यक्ष निर्मला थापा मगर रहेका छन् । अधिवेशनले कानपारा निवासी बृज मोहन चौधरीको अध्यक्षतामा २१ सदस्यीय वडा इकाई समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सर्मिला चौधरी, सचिव संगिता चौधरी, सहसचिव रविन्द्र प्रसाद चौधरी र कोषाध्यक्ष रमेश चौधरी रहेका छन् । त्यस्तै सदस्यहरुमा त्रिलोकी प्रसाद चौधरी, रामनिवास लोध, शिवकुमार कुर्मी, हृदय चौधरी, पारखनाथ लोध, रिमादेवी चौधरी, मिनादेवी चौधरी, माथुर यादव, बैजनाथ चौधरी, सोहन हरिजन, जयाराम मल्लाह, दुर्गा बहादुर थापा, शारदा देवी चौधरी, अजय लोध, तिजु मल्लाह, राजमती लोध र पुरन हरिजन चयन भएका छन् । नव समितिलाई प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गद्वारा सदस्यता प्रदान गरी अबिर लगाई सम्मान गरिएको थियो ।

कार्यक्रम वडा इकाई समिति तिलोत्तमा नगरपालिका वडा नं. १७ का अध्यक्ष छबि रानाको अध्यक्षता, पार्टीका नगर उपाध्यक्ष राधिका श्रीस पुनको स्वागत र पार्टी नगर सचिव प्रेम कनौजे मगरको संचालनमा सम्पन्न भएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com