१६ असोज । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामाजिक-सांस्कृतिक चाडपर्व, मूल्यमान्यता तथा प्रचलनहरू,रीतिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अंग भएको छ । उहाले नेपालिहरुको महान पर्व बडादशैको शुभकामना सन्देश जारी गर्दै त्यस्तो बताउनुभएको हो ।
“नेपालीहरूको महान पर्व बडादशैँ-२०७९ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा भनिएको छ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता कायम गर्न साथै सामाजिक-सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्न दशैँको विशेष महत्व रहेको उहाले उल्लेख गर्नुभयो
“दशैँका लागि विदेशबाट स्वदेश आउने र शहरबजारबाट गाउँघर जाने यात्रुहरुको सङ्ख्या धेरै हुने हुँदा सुरक्षित भएर यात्रा गर्न, स्वस्थ खानपानमा ध्यान दिन तथा चाडपर्वका नाममा हुने अनावश्यक खर्च कम गर्न, मौलिक प्रचलन कायम गरी खुसी भएर दशैँ मनाउनको लागि अनुरोध गर्दछु” उहाले भन्नुभयो ।
उहाले विभिन्न क्षेत्र तथा समुदायमा रहेको सांस्कृतिक विविधताको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न सकियो भने हाम्रा संस्कृति राज्यका अमूल्य सम्पतिको रूपमा रहने उल्लेख गर्नुभयो । उहाले प्रत्येक व्यक्ति तथा समुदायको पहिचान सुनिश्चित गरी राज्यप्रति आम नागरिकको अपनत्व विकास गर्न सहयोग मिल्नेछ, जसको फलस्वरुप संघीयता मजबुत बनाउन समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।