१६ असोज । आज बडादशैको सातौ दिन, महाअष्टमी अर्थात फूलपाती । आज माता कालरात्रीको पुजाआजा गर्ने गरीन्छ । आज दशैघरमा अर्थात जमरा राखेको ठाउँमा जरैदेखिको फूल, पाती, अदुवा, उखु लगायतका चिजबिजहरु सहित पुजाआजा गरी भव्य रुपमा फूलपाती भित्राईन्छ ।
आज नेपाली हिन्दु धर्मावलम्बीहरुले आ–आफ्ना घरमा फूलपाती भित्राउँदैछन् । वैदिक सनातन धर्ममा यो दिनको विशेष महत्व रहेको छ । दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनीको विधीपूर्वक पुजा गरीएको छ भने आज सातौँ दिन कालरात्री देवीको पुजाआजा हुँदैछ । आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।