About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
पाल्पामा विभिन्न पार्टि परित्याग गरि ४८ जना नेता तथा कार्यकर्ता एकिकृत समाजवादी पार्टिमा प्रवेश

Darpanpost आइतबार, आश्विन १६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

पाल्पा, १६ असोज । पाल्पामा विभिन्न पाटी परित्याग गरि ४८ जना नेता तथा कार्यकर्ता एकीकृत समाजवादी पार्टिमा प्रवेश गरेका छन । प्रवेश गर्नेमा अधिकाश नेकपा एमालेका नेताहरू रहेको छन । युवा संघ नेपाल पाल्पाले आयाेजना गरेको विजया दशमीकाे शुभकामना आदान प्रदान कार्यक्रमकाे अवसरमा नेकपा एमालेका नेता सुरेन्द्र कार्की,तुलसी पाेखरेल,माओवादी केन्द्रका विकास नापित,दया श्रेष्ठ,खड्क श्रेष्ठ,माेहाेन आचार्यसहित ४८ जना नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादी पार्टिमा प्रवेश गरेका हुन ।

नव प्रवेशीहरूलाई एकीकृत समाजवादी पार्टिका पाेलिटब्युराे सदस्य एवम प्रदेश कमिटी अध्यक्ष साेम प्रसाद पाण्डे,केन्द्रीय सदस्य एवम राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे,पाटीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेशका महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती,पाल्पा जिल्लाका इन्चार्ज एवम जिल्ला अध्यक्ष खिमान्नद पाण्डे, पाल्पा जिल्ला सह इन्चार्ज एवम पाटीका केन्द्रीय सदस्य अशाेक कुमार शाही तथा पार्टिका नेता लक्ष्मी पाठकले पार्टिमा स्वागत गरेका हुन ।


कार्यक्रममा नेता सुरेन्द्र कार्कीले एमाले पार्टि एकलौटी रूपमा नातावाद र कृपावादका रूपमा अगाडि बढेको बताउदै पाटीकाे व्यवस्था एवम परिपाटीमा परिवर्तन आउछ कि भनी पार्टिमा रहेता पनि पार्टिमा नातावाद र कृपावाद अन्त्य नभएको र एकलाैटी रूपमा दम्भका साथ पार्टि सञ्चालन भएकोले पार्टि परित्याग एकीकृत समाजवादी पार्टिमा प्रवेश गरेको बताउनुभयो ।

पार्टिमा नव प्रवेशीहरूलाई स्वागत गर्दै एकीकृत समाजवादी पाेलिटब्युराे सदस्य एवम प्रदेश कमिटी अध्यक्ष साेम प्रसाद पाण्डेले पार्टि प्रवेश गरेका नेता तथा कार्यकर्तालाई उचित स्थानकाे व्यवस्थापन गरि नेतृत्व प्रदान गर्ने बताउनुभयो । नेकपा एमाले पार्टिलाई तानाशाही एवम एकलाैटी रूपमा अगाडी बढाउन खाेजेकाे, नेपाली जनताले ल्याएकाे संविधान माथि प्रहार गर्न खाेजेकाेले देशकाे राष्ट्रियताकाे संरक्षण, स्वाधीनताकाे संरक्षण एवम संविधानकाे रक्षा गर्नका लागि पाटी फुटकाे अवस्था आएकाे बताउनुभयो । अहिले देशमा गठबन्धनकाे सरकार छ । गठबन्धन सबै राजनीति दलहरू राष्ट्रियकाे संरक्षण,संविधानकाे संरक्षण एवम नेपाली नागरिककाे स्वतन्त्रताकाे पक्षमा रहेको बताउदै आगामी संघ र प्रदेशकाे निर्वाचनमा ५ दलिय गठबन्धन कायम हुने बताउनुभयो । उहाले केही विपक्षहरूले गठबन्धन हुदैन भनेर हल्ला फैलाउन सक्ने प्रबल सम्भावना रहेपनि हल्ला पछि नलाग्न नेता तथा कार्यकर्तालाई अनुराेध गर्नुभयो । देशभरि गठबन्धनकाे सरकारले अत्यधिक बहुमतका साथ विजयी हासिल गर्ने मन्त्री पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com