About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
विविधतामा एकता नै नेपालीहरुको मौलिक विशेषता : प्रचण्ड

Darpanpost आइतबार, आश्विन १६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१६ असोज । पुर्ब प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुको मौलिक विशेषता भनेको विविधतामा एकता भएको बताउनुभएको छ ।आइतबार दशैं, तिहार, छठ, नेपाल सम्वत्, ल्होसार लगायतका चाडपर्वको शुभकामना सन्देश दिदै उहाले यस्तो बताउनुभएको हो ।

उहाले आउदै गरेका चाडवाडका अवसरमा शुभकामना दिदै, “स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु” भन्नु भएको छ ।

उहाले देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व भएको बताउनु भएको छ । सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको प्रचण्डले बताउनुभयो ।

उहाले आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउन आम जनसमुदायमा हार्दिक अपील समेत गर्नु भएको छ ।

“असत्य माथिको सत्यको विजयका रुपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरुले सबैमा उत्साह, उमंग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भन्दै पुनः एकपटक उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ” प्रचण्डले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :-newsdarpanp[email protected]

Web :- www.darpanpost.com