About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
चाडवाडको मुखमा छैन यात्रुलाइ घर जान हवाइ टिकट

यात्रु अलपत्र

Darpanpost आइतबार, आश्विन १६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१६ असोज । राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैं, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिस अलपत्र परेका हुन् ।

जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाच्ने भन्ने चिन्ता थपिएको यात्रुहरुको गुनासो छ। निजी एयरलाइन्सका हवाईजहाजले आफूखुशी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेलाई टिकट दिने गरेको उनीहरु बताउँछन्।

नेपाल एयरलाइन्सले हाल नेपालगञ्जबाट हप्तामा दुईदिन मात्र दुर्गम पहाडी जिल्लामा उडान भर्दै आएको छ। यसैगरि तारा एयरको चार जहाज मध्ये एउटा जहाजले मात्र उडान गर्दै आएको, सीता एयरले माउण्टेन उडान गर्दै आएको र समिट एयरले मात्र उडान गर्दै आएकाले यो समस्या आएको उनीहरु बताउँछन् ।

निजी विमान कम्पनीहरुले हिमाली तथा पहाडी जिल्लामा उडानमा कमी ल्याएपछि हवाई यात्रुहरुलाई समस्या भएको हो । नियमित उडानका लागि सम्बन्धित निकायले नियमन गर्न जरुरी देखिएको सर्वसाधरणहरु बताउँछन् । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com