१५ असोज । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको क्रम आजदेखि शुरु भएको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको क्रम आजदेखि शुरु भएको जनाएको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले आजदेखी मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना थालेको हो ।
निर्वाचन आयोगले यही असोज २० गतेभित्र सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसक्ने जनाएको छ ।