१५ असोज । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
पिसीआर र एन्टिजेन विधीबाट कुल १ हजार ३ सय ३२ जनामा परीक्षण गर्दा थप १९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ९६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।