About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
जित्नका लागि कडा प्रतिस्पर्धात्मक रुपमा अघि बढ्न अति अपरिहार्य : दल बहादुर बिरकट्टा मगर

Darpanpost शनिबार, आश्विन १५, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

 चौधरी/सञ्जय सिंजाली मगर । बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति नवलपरासीको जिल्ला भेला तथा उम्मेदवारी घोषणा कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

 कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अनुगमन समितिका संयोजक दल बहादुर बिरकट्टा मगरले आउँदै गरेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको लागि सशक्त रुपमा लाग्नुपर्ने बताउँदै सम्पूर्ण उम्मेदवारहरुले पार्टीको बिचार लाई जनताको घरघर पुर्याउने बेला आएको बताउनुभयो । वहाँले मैदानमा आउँन र चुनाव जित्नका लागि कडा प्रतिस्पर्धात्मक रुपमा अघि बढ्न पनि अति अपरिहार्य रहेको जिकीर गर्नुभयो । त्यस्तै पार्टीका केन्द्रिय सदस्य अरमान अन्सरीले चुनाव भनेको हारजितको खेलसरह रहेको बताउँदै जनमुक्ति पार्टी हार्नका लागि नभई जित्नको लागि मैदानमा उत्रिएको प्रष्ट पार्नुभयो । पार्टीका संघीय परिषद सदस्य अशोक पूनले उत्पीडित समुदायको निम्ति बिगत ३३ बर्ष लामो ईतिहास बोकेको गौरवशाली पार्टीमा आबद्ध हुँदा गौरव महशूस हुने बताउँदै सबै भाषा, धर्म, उत्पीडत जनसमुदायको आवाज बुलन्द पार्न र हकअधिकार संरक्षण तथा सुनिश्चताको लागि संघर्ष गर्दै आइरहेको जनमुक्ति पार्टीमा गोलबद्ध भएर अघि बढ्न सके मुक्तिको बिगुल फुक्न सफल भईने दाबी गर्नुभयो ।

 त्यसैगरी नवलपरासी निर्वाचन क्षेत्र नं. ०१ प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार अरमान अन्सारी र प्रदेश सभा ‘क’ का प्रत्यक्ष उम्मेदवार शेर बहादुर थापाको नाम कार्यक्रमबाटै औपचारिक घोषणा गरिएको थियो भने अन्य पार्टी परित्याग गरी २ जनाले जनमुक्तिमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई पार्टी अनुगमन संयोजक बिरकट्टाद्वारा सदस्यता प्रदान गरी खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रम जिल्ला अध्यक्ष प्रेम राना मगरको अध्यक्षता, जिल्ला कोषाध्यक्ष देब बहादुर गुरुङ्गको स्वागत र जिल्ला सदस्य खड्क बहादुर घर्तीको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com