About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सुनवलमा स्लाईसको बोतलमा भेटियो किरा

Darpanpost शनिबार, आश्विन १५, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१५ असोज, नवलपरासी । कम गुणस्तरका खाद्य पदार्थ र पेय पदार्थका कारण नेपालीहरुको स्वास्थ्यमा असर परीरहेको छ भन्ने कुरा थाहा पाउँनु वा जान्नु कुनै नौलो कुरा होईन् । केही म्याद नाघेका र केही गुणस्तरहीन खाद्यपदार्थ र पेयपदार्थले मानवीय स्वास्थ्यमा असर पार्नुका साथै त्यस्ता कम्पनीप्रति सर्वसाधारणको विश्वास पनि हराउँदै गएका छन् । कहिले चाउचाउमा मुसा भेटिने, कहिले फेन्टाको बत्तलमा किरा भेटिने । सुन्दा पनि बजारमा पाईने केही नखाई जंगलमा गएर कन्दमूल खाम खाम बनाउने समाचारहरु सञ्चार माध्यमहरुमा आईराखेका हुन्छन् ।

आज एउटा यस्तै घटना पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ३ स्थितमा घटेको छ । सुनवल ३ को दाजुभाई रेष्टुरेण्टमा दुईवटा स्लाईसमा किरा फेला पारेका छन् । यसरी गुणस्तरहिन र किरा परेको पेय पदार्थ देखेपछि कस्लाई पो वाकवाकी नलाग्ला र? लागिहाल्छ । स्लाईसमा किरा परेको देखेपश्चात होटलका प्रोपराईटर कमल आचार्यले हाम्रो टिमलाई जानकारी दिनुभयो । उहाँले आफूले ग्राहक र मानव स्वास्थ्यमा खेलवाड हुँने कार्य कहिले पनि नगर्ने बताउनुभयो । उहाँले ग्राहक भगवान हुन यसरी गुणस्तरहिन पेय पदार्थबाट कुनै पनि ग्राहकलाई समस्या नहोस् भनेर खबर गर्नुभएको बताउनुभयो ।

२०२२ जुलाई २९ तारिखमा प्याकिङ भएर बजारमा आएको उक्त स्लाइसमा किरा देखिनुले उक्त पेय पदार्थको गुणस्तरमा नै प्रश्नचिन्ह लगाएको छ । यसरी सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड हुनु कतैपनि उक्तिसम्मत कुरा होईन । अब प्रोपराईटर कमल आचार्यले जस्तै अरु व्यवसायी तथा सम्पूर्ण नेपाली जनताले सत्यतथ्य बोल्न सक्नुपर्छ । सामान खरिदबिक्री गर्दा गुणस्तर र उत्पादन मिति तथा प्रयोगयोग्य समयको ख्याल गरी खरिद गर्ने गर्दा भविष्यमा हुने गम्भिर स्वास्थ्य समस्याहरुबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com