About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
तिलोत्तमा नगर समितिको नियमित बैठक सम्पन्न 

Darpanpost शुक्रबार, आश्विन १४, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मनजित चौधरी, तिलोत्तमा । १४ असोज । राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा नगर समितिको शुक्रबार तिलोत्तमा नगरपालिका वडा नं. ०९ स्थित कबिराज भवनमा नियमित मासिक बैठक सम्पन्न भएको छ ।

बैठकको विषयवस्तुमाथि प्रकाश पार्दै नगर अध्यक्ष भोम बहादुर बुढा मगरले ठुला भनाउँदा दलहरु सबै जनताको आँखामा छारो हाल्ने पार्टी रहेको आरोप लगाउँदै जनमुक्ति मात्रै देशकै सच्चा र इमान्दार पार्टी भएको दाबी गर्नुभयो । बैठकलाई सम्बोधन गर्दै पार्टीका संघीय महासभा सदस्य एवं मगरहाङ्गका केन्द्रीय अध्यक्ष छत्र दर्लामीले सबै जाति, वर्ग र समुदायलाई निर्वाचन आयोगको निर्देशनानुसार कलस्टर मिलाएर आयोगमा दर्ता गर्न जनमुक्ति पार्टी मात्र सफल भएको दाबी गर्नुभयो । उहाँले आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई जिताउन स्थानीय तहबाटै पार्टीका नेता तथा कार्यकर्ताहरु सशक्त रुपमा लाग्न आह्वान समेत गर्नुभयो ।

त्यस्तै पार्टीको भातृसङ्गठन राष्ट्रिय भूतपूर्व सैनिक संगठनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बल बहादुर थापा मगरले ठूला पार्टीलाई भोट दिएर न पहिचान न अधिकार पाएको बताउँदै जनमुक्तिको नेपालका १ सय २५ जातिलाई समान अधिकार र जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने अडान रहेको कुरा जनतालाई बुझाउनुपर्ने जिकिर गर्नुभयो । पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष हरिओम बिकले दलाल नेता र राजनीतिक दलहरुले राष्ट्र र राष्ट्रियताप्रति गद्दारी गरेको आरोप लगाउँदै अब जनमुक्तिले जनताको माँझमा गई आफ्नो विचार र सिद्धान्त जनतालाई बुझाउन सके पार्टी सत्तामा पुग्न धेरै समय पर्खनु नपर्ने जिकीर गर्नुभयो ।

बैठकमा नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष रेखाप्रसाद चौधरी, पार्टी जिल्ला अध्यक्ष प्रेम बहादुर थापा मगर लगायतको उपस्थिति रहेको थियो । नगरको नियमित बैठकको अवसरमा तिलोत्तमा नगरपालिका वडा नं. १७ निवासी बृजमोहन चौधरीले पार्टी प्रवेश गर्नुभएको छ । चौधरीलाई नगर अध्यक्ष भोम बहादुर बुढाद्वारा खादा ओढाई सम्मान गरिएको थियो भने पार्टीका संघीय महासभा सदस्य छत्र दर्लामीले सदस्यता प्रदान गर्नुभएको थियो ।

बैठक नगर अध्यक्ष भोम बहादुर बुढा मगरको अध्यक्षता र सचिव प्रेम कनौजे मगरको संचालनमा सम्पन्न भएको थियो ।!

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com