About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
अनुगमन टोलिले भैरहवाका मासु पसललाई गरायो सचेत

Darpanpost शुक्रबार, आश्विन १४, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

तुलसीराम पौडेल, रुपन्देही । असोज १४ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी श्री रामचन्द्र अर्यालको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय, सिद्धार्थनगर नगरपालिका तथा अन्य सरोकारवालाको सहभागितामा असोज १४ गते बिहान अनुगमन गरिएको हो ।

उक्त अनुगमनमा भैरहवाका गल्लामण्डी, कान्छी बजार, परासी रोड, देवकोटा चोक, बुद्ध चोक, लुम्बिनी रोड, आवा रोड लगायतका बजार क्षेत्रका मासु पसलहरुमा अनुगमन गरिएको थियो! बजारका मासु पसलहरुमा अत्यन्त फोहोरमैला रहेको, दर्ता तथा नविकरण नगरिएको, एउटै साधनले खसी र कुखुरा काट्ने गरिएको, माछा पसल भनी दर्ता गरी कुखुराको मासु समेत बेच्ने गरेको जस्ता समस्याहरू देखिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।

उपभोक्ता अधिकार हनन हुने गरी गरिएका अब्यसायिक गतिबिधी गर्ने केही उद्योगी व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयमा बयानका लागि बोलाइएको र कानून बमोजिम आवश्यक कारवाही गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।


चाडपर्व लक्षित नियमित बजार अनुगमनलाई प्राथमिकता दिंदै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका कार्यालय प्रमुख लक्ष्मी शर्माले उपभोक्ता हित बिपरितका गतिविधि गर्ने जुनसुकै व्यावसायिक संस्थालाई स्थलगत रुपमै कारवाहीको दायरामा ल्याइने बताइन् ! सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रुपन्देहीमा बहाल भएकै दिन देखि बजार अनुगमनमा खटिएका रामचन्द्र अर्यालको सकृयताका कारण नियमित अनुगमन गर्दै आएका घरेलु तथा साना उद्योग कार्यालय तथा बाणिज्य कार्यालयलाई थप उर्जा मिलेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत उपसचिव श्री राम प्रसाद ज्ञवालीले बताएका छन् । उनले भने ” पहिले प्रवर्द्धनात्मक रुपमा गरिदै आएको बजार अनुगमन अब भने दण्डात्मक पनि हुन थालेपछि बजार स्वच्छतामा सुधार आउन थालेको छ । ब्यबसायीहरु थप सचेत भएका छन् भने उपभोक्ता सचेतनामा पनि बढोत्तरी भएको छ ।”

उपभोक्ता बजारका राजा हुन् , नेपालको बर्तमान संबिधानको धारा ३६ मा नागरिकका मौलिक हकको रुपमा खाद्य सम्बन्धी हक र धारा ४४ मा उपभोक्ताको हक रहेको र कुनै पनि नागरिकले खाद्य असुरक्षाका कारण आफ्नो जीवन जोखिममा पार्न नपर्ने ब्यबस्थाको सुनिश्चितताको लागि बजार अनुगमनलाई नियमित बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए। उनले भने ” घरेलु तथा साना उद्योग कार्यालयले नियमित रुपमा गर्दै आएको अनुगमनलाई हामी दशै पछि पनि निरन्तरता दिनेछौं । बजार अनुगमनको कार्यलाई प्राथमिकतामा राखेकोमा घरेलु तथा साना उद्योग कार्यालय र बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई धन्यवाद दिन चाहन्छु! नागरिकमैत्री जनमुखी कार्यमा निरन्तरता दिने कदमलाई सधै साथ रहनेछ ।”

बाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण कार्यालका प्रमुख लक्ष्मी शर्माले रुपन्देहीका ठुला बजार क्षेत्र बुटवल भैरहवा लगायतमा कपडा तथा अन्य फेन्सी आइटमहरुमा चर्को मुल्य लिने गरिएको भन्ने गुनासो बढेकोले दशै पछि त्यस्ता उद्योगको पनि अनुगमन गरिने, पेट्रोलियम पदार्थ, होटल रेस्टुरेन्ट, निर्माण सामाग्री तथा अन्य सेवा उद्योगहरुको पनि अनुगमन गरी बजार स्वच्छतालाई प्रवर्द्धन गरिने बताइन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com