क्रीकेट खेल असोज २३ बाट सुरु हुने
१४ असोज । मिना गैरे । राष्ट्रिय खेलकुद परीषद राखेपले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । राखेपले नवौँ राष्ट्रिय खेलकुद २०७९ को ११ औँ राष्ट्रिय महिला क्रिकेट टुर्नामेन्टको लागि खेल तालिका सार्वजनिक गरेको हो ।
राखेपले समूह एमा ५ टिम र समूह बीमा ४ टिम गरी समूह विभाजन गरेको छ । समूह ए मा नेपाल एपिएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, बाग्मती प्रदेश रहेका छन् भने समूह बी मा नेपाल पुलिस क्लव, कर्णााली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश रहेका छन् ।
राष्ट्रिय महिला क्रिकेट टुर्नामेन्ट यही असोज २३ गते आईतबारबाट सुरु हुँदैछ । पतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यसैदिन सुदुरपश्चिम प्रदेश र बाग्मती प्रदेशका बिचमा पनि प्रतिस्पर्धा हुनेछ । २४ असोजमा पनि दुई खेल हुनेछन् । पहिलो प्रतिस्पर्धा नेपाल पुलिस क्लव र कर्णली प्रदेशबीच हुनेछ भने दोस्रो प्रतिस्पर्धा लुम्बिनी प्रश र प्रदेश १ बिच हुनेछ ।
प्रतियोगिताको तेस्रो दिन असोज २५ मा नेपाल एपीएफ र बाग्मती प्रदेश तथा सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तैगरी असोज २६ मा पहिलो देलमा प्रदेश १ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा लुम्बिनी र कर्णली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
२७ असोजमा हुने पपिहलो खेलमा नेपाल एपिएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा मधेश र सुदुरपश्चिम प्रदेशबीच प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तैगरी असोज २८ मा पहिलो खेलमा लुम्बिनी प्रदेश र नेपाल पुलिलस क्लवका बीचमा प्रतिस्पर्धा हुनेछ । त्यस्तैगर िदोस्रो खेलमा कर्णाली प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परीषद् राखेपले जनाएको छ ।
असोज २९ गते शनिवार पहिलो खेलमा नेपाल एपीएफ र मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा बाग्मती प्रदेश र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
असोज ३० गते आईतबार पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र नेपाल एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा बाग्मती प्रदेश गण्डकी प्रदेशबीच प्रतिस्पधाृ हुने राष्ट्रिय खेलकुद परीषदले जनाएको छ ।
असोज ३१ गते सोमबार पहिलो सेमिफाईनल खेलमा जिवयी भएको समूह ए र रनरअप समूह बी टोलीबीच प्रतियोगिता गराईने राष्ट्रिय खेलकुद परीषदले जनाएको छ । त्यस्तै दास्रो सेमिफाईनल खेलमा समूह बीको विजेता र समूह ए को रनरअपबीच प्रतिस्पर्धा हुने परीषदले जनाएको छ ।
त्यस्तैगरी राष्ट्रिय महिला क्रिकेट टुर्नामेन्टको फाईनल खेल कार्तिक १ गते मंगलबार हुनेछ । त्यस्तैगरी गोल्ड मेडल म्याचका लागि पहिलो सेमिफाईनल खेल विजेता र दोस्रो देलको सेमिफाईनल विजेताबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो र चौथौ स्थानका लागि फाईनल खेलको पहिलो खेलमा पहिलो सेमिफाईनल खेलको अविजित टोली र दोसा्रे सेमिफाईनल खेलको अविजित टोलीबिच प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परीषद् राखेपले जनाएको छ ।