१४ असोज । कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य उकालो लागेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
हिजो प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सयले बढेर ९३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचााँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी भने स्थिर रही १ हजार १ सय ७० रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।