नवलपरासी । १४ असोज । सानै हुदा देखि सुन्दै आएको थिए, आफ्ना मान्छे भए अल्लि सजिलो हुन्छ जहाँ पनि । हुन पनि हो रहेछ, चाहे कतै जादा होस, चाहे सरकारि काम होस चाहे गैरसरकारी, चाहे प्रसासनिक काम होस चाहे जागिरको सन्दर्भ होस: आफ्ना मान्छे नै चाहिदा रहेछन । आफ्ना मान्छे र चिनेको मान्छे छन भने जे पनि तुरुन्तै पाइने न त योग्यता चाहिने न त दक्षता नै चाहिने । अब आगामी निर्वाचनको कुरा हेर्ने नै हो भने पनि अधिकांश स्थानमा म्यादी प्रहरी छनोटमा अनियमितता भइरहेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै छ । आगामी मंसिर ४ गते एकैचरणमा सम्पन्न हुन गइरहेको निर्वाचनका लागि निर्वाचन आयोगले आबश्यक तयारी गरिरहेको हो । निर्वाचन जहिले पनि स्वच्छ, भएरहित, निष्पक्ष हुनु पर्दछ । त्यसैका लागि आयोग लागिरहेको छ । आयोगले मतपत्र छपाइ, निर्वाचन अधिकृत लगायतलाइ प्रशिक्षण लगायतका थुप्रै काम गरिरहेको छ ।
अरु कुरा सबै नियम मुताबिक भएपनि म्यादी प्रहरी छ्नोटमा भने अनियमितता र राजनैतिक शक्तिको प्रभाव देख्न सकिन्छ । उहीँ आफ्नो मान्छे र ठुला मान्छे भने जस्तो । म्यादी प्रहरिको भर्ना केन्द्रिय प्रहरी कार्यालयको अगुवाईमा प्रदेश प्रहरी तथा जिल्ला प्रहरी कार्यालयले गर्दै छन । नेपालजस्तो बिकासोन्मुख मुलुकमा रोजगारीको अवस्था प्राय शून्य छ । निर्धारित समयका लागि खुलाइएको म्यादी प्रहरी आबेदनमा ४ पढेका देखि लियर मास्टर्स पढेका सम्मले आबेदन दिएका थिए । तर म्यादी प्रहरीमा निबेदन दिनेहरु मध्येमा राजनैतिक दलका नजिकका र ठुलाबडाका मान्छे छनोट भएको देखियो । यसरि निर्वाचनमा खटिने म्यादी प्रहरी छनोटमा पनि अनियमितता र राजनैतिक शक्तिको प्रभाव देखिनु निन्दनीय हो ।
यस्को उदाहरणका लागि धेरै टाढा पनि जान पर्दैन । नवलपरासीमा नै यो कुराको राम्रो उदाहरण देख्न सकिन्छ । नवलपरासी प्रहरीका एक प्रहरिले हामिलाइ आफ्नो नाम गोप्य राख्न अनुरोध गर्दै म्यादी प्रहरी छनोटमा अनियमितता भएको जानकारी दिनुभयो । उहाका अनुसार म्यादी प्रहरी छनोटमा राजनैतिक दल र बाहिरी प्रभाव देखिएको छ । उहाले हामिलाइ दिनुभएको जानकारी अनुसार अनियमितता गरि राम्रो सङ पास भएका भन्दा नेता र राजनैतिक दलका निकट तथा उनिहरुका ब्यक्तिको छनोट भएको छ । उहाले यसरि भएको अनियमितताप्रती आफुलाइ दुख लागेको बताउनुभयो ।
निर्वाचनमा खटिने जिम्मेवारि पाउने म्यादी प्रहरीजस्तो स्रहानिय र जिम्मेवार पदमा राजनैतिक शक्ति र बाहिरी प्रभाब देखिनु कतै पनि राम्रो विषय होइन । राजनैतिक प्रभाब र अनियमितता गरि भर्ना भएकाहरुबाट के आशा गर्नु , सकिँदैन । त्यसकारण भइरहेका अनियमिततालाई रोकि नियमानुसार सभ्य रुपमा अगाडि बढ्नु राम्रो हुन्छ ।