१३ असोज । इमेज च्यानल ब्यबस्थापन पक्ष र नेपाल पत्रकार महासङघबिच सहमती भएको छ । बिहीवार महासंघ र इमेज च्यानल व्यवस्थापन पक्षबीच चारबुँदे सहमति भएको हो ।
इमेज च्यानलमा कार्यरत श्रमजीवी पत्रकारको नियमित सेवा सुविधाका सम्बन्धमा नेपाल पत्रकार महासंघले उठाएका विषयमा सहमति भएको महासङ्घले जनाएको छ ।
नेपाल पत्रकार महासंघले इमेज प्रतिष्ठान शाखाको अगुवाईमा इमेज टेलिभिजनमा बुधबार धर्ना दिएको थियो ।
महासंघ प्रतिष्ठान शाखा र केन्द्रीय समितिले उठाउदैं आएको माग सम्बोधन गर्ने सवालमा इमेज व्यवस्थापन पक्षले उदासिनता देखाएपछि हिजो धर्ना दिएको हो ।