१३ असोज । नवौं राष्ट्रिय खेलकुदको ट्रफी मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ । बिहिवार नवौं राष्ट्रिय खेलकुदको ट्रफी मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रामजानकी मन्दिरमा प्रदर्शन गरिएको हो । आज नै ट्रफिलाइ विश्व सम्पदामा सूचीकृत बसन्तपुर डबलीमा पनि प्रदर्शन गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
मधेश प्रदेशका माननीय मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो थियो ।