About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ : मेयर बालेन

Darpanpost बिहिबार, आश्विन १३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१३ असोज । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र सिंह बालेनले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने बताउनु भएको छ । बिहिबार एक बिज्ञप्ति जारी गर्दै बालेनले यस्तो बताउनु भएको हो । पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको स्पष्ट पार्दै उहाले सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने बताउनुभयो । साथै बालेनले फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन तथा प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको पनि बताउनुभएको छ ।

 

बालेनले बिज्ञप्ति मार्फत आर्थिक बर्ष २०७९÷०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइने बताउनुभयो । उहाले फुटपाथमा मानव आवतजावत बाहेकका सबै क्रियाकलापलाई निषेध गर्ने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

नीति प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको उहाले बताउनुभयो ।

पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ बढी आवश्यक पर्ने भन्दै अन्य समयभन्दा चाडका बेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका लागि पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी रहेको स्पष्ट पार्नुभयो ।

उहाले जारी गर्नुभएको बिज्ञप्तिमा “सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ ” भनिएको छ ।

सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीतिबमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिने बालेनले स्पष्ट पार्नुभएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com