१३ असोज । नवौ राष्ट्रिय खेलकुद २०७९ समापनको प्रमुख आतिथ्यता प्रधानमन्त्री शेर बहादुर देउबाले गर्नुहुने भएको छ ।
बिहीवार बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा देउवालाई नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लागि राखेपले निमन्त्रणा पत्र प्रदान गरेको हो ।
राखेपका अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को समापन कार्यक्रमको प्रमुख अतिथिका लागि निमन्त्रणा पत्र प्रदान गर्नु भएको हो ।
सो अवसरमा माननीय खेलकुद मन्त्री महेश्वरजंग गहतराज र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले प्रधानमन्त्रीलाई नवौं राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराउनु भएको थियो ।
नबौ राष्ट्रिय खेलकुद २०७९ यहि असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरा रंगशालामा हुँदै छ ।