१२ असोज । पछिल्लो २४ घण्टामा नेपालमा ४५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
पिसीआर र एन्टिजेन विधीबाट कुल २ हजार ६ सय ७८ जनामा परीक्षण गर्दा थप ४५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ७० जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।