About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
गाउँ फर्कन जुम्ला उपसभापति को अनुरोध

Darpanpost बिहिबार, आश्विन १३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

खड्क सुनार , मुगु १३ असोज ।

आदणीय नेता ज्यूहरू
जय नेपाल

जुम्लाका दिन दुखीको सेवा गर्दै मृतक परिवारहरूलाई समवेदना दिदै र सगंठन वृद्धि का लागि गाउँ घर , प्रहरी प्रशासन र अस्पताल धाउदै अहिले सम्म सञ्चै छु र हजुरहरूको स्वास्थ्य संचो रहोस ल्वागीका घर धाउदै आउनु भएको खलो सकुशल प्राप्त होस् भनि भगवान चन्दननाथ भैरवनाथ र शान्ति का प्रतिमूर्ती भगवान गौतम बुद्ध सगं प्राथना गर्दछु ।
गाउँ घरका कागेंसीजन मित्रहरूले तपाईंहरूको दर्शन नपाउदां अत्यन्त न्यास्रो मानेर मणी हराएको सर्प जस्तो भएर बसेका छन् भने दैनिक कार्यकर्ताका दुख पिडामा साथ दिने तपाईहरूको अनुपस्थितीले जिल्ला नै शोकमा परि भावविह्वल भएको छ ।
हुन त हाम्रो राष्ट्रियता लोकतन्त्र र समाजवादको मुल मन्त्र बोकेको प्रजातान्त्रिक पार्टीले केन्द्रका ठुला नेताहरूको घर आगंनमा हप्तै पिछे जय नेपाल ठोक्ने, जुम्ली मार्सि , जुम्ली सिमी ९ घरका लालाबालाले खान पाएका छन् कि छैनन् ० सर्वमान्य नेता ज्यूहरूलाई चखाउने गणेश प्रवृत्ति नभए ठुला नेताले नचिन्ने,ठुला नेताले नचिने माननीय, मन्त्री बन्ने सपना साकार नहुने भएकै कारण गाउँ घरमा बसेर सगंठनका लागि मरिहत्ते गर्नेको मुल्यांकन नभएकै कारण होला बर्षौ सम्म दुख पिडा भोग्दै राजधानीमा बस्नु भएकै छ तर गाउँमा बस्ने काग्रेंसीजनहरू तपाईहरूको सम्झनामा रोई रहेका छन् , शिर्ष भनाउदा नेताहरूलाई धिक्कारि रहेका छन् ।
कार्यकर्ता माझ बस्ने सगंठन बिस्तारमा अहारोत्र खटिनेको मुल्यांकन कहाँ छ र रु राजधानीमा बस्ने दाजु भाउजुको नाता जोड्ने बिहानको चिया कहिले नछाड्ने र दाजु र भाउजू नै भगवान शिब पार्वतीको अर्को जन्म हो, तपाई बिना मेरो को नै छ र १ भनि ललाई फकाई राख्नेहरू नै ठुला नेताका ९ किचन क्याविनेट० चुल्हाको बिरालो भनौ कि मुल ढोकाको ढोके हुने चरम रूपमा रहेकैछ । तपाई शिर्ष नेताहरूले घरको सम्पत्ति त सजिलै दिने कुरा भएन तर पार्टीको टिकट र पद चुट्किका भरमा दिने पद्धति कै कारण जिल्लामा नेताहरू बस्न रूचाउदैनन यसैले पार्टी बचाउन कै लागि पनि मुल्यांकन गर्न जरुरी छ भन्ने लाग्छ ।
सघं र प्रदेशको चुनाव मुखमा छ तर जिल्लामा बस्ने नेता पनि काठमाडौं छन्, टुरिष्ट नेताहरूको त कुरै के गरौं ।
जिल्ला जिल्लाका शिर्ष नेता ज्यूहरू सबै काठमाडौं झुम्मिएका छन्, लाखौंलाख खर्च पनि गरि सके, कहाँको घर, कहाँको गडा पनि बेचेर सकाई सके कृपया गुटको नाममा झगडा , बिवाद नल्याउनुहोस्, गठबन्धनका नाममा अरू दललाई त सिट बांड फाडं गर्न हामी तयार छौ भने आफ्नै भाई भरादारलाई किन चित्त बुझाउन सक्दैनौं रु
नेपाली काग्रेंस पार्टी छ र पो त कोही केन्द्रको सभापति, कोही प्रदेशको सभापति त कोही जिल्लाको सभापति छौ, सार्वजनिक कार्यक्रममा पनि दलगत हैसियत कै कारण आसनग्रहण अगाडि पाईन्छ, सर्वशक्तिमान रावण अहंकार र घमण्डले उनको आफ्नै भाई बिभिषणले साथ छोडेकै कारण रामबाट पराजित मात्र नभई मृत्युवरण गर्नु पर्यो ।
अरू सबै बाट जिति खानु भाई बहिनीबाट हारी खानु भन्ने जुम्ली उखान छ, हाम्रा पार्टी सभापति शेर बहादुर देउवा दाईले सबैलाई मिलाएर पक्कै पनि लिनु हुन्छ, छोड काठमाडौं फर्क घर, दशै मनाउन बालबच्चा, परिवार र गाउले कुरेर बसेका छन्, मंसिर ४ मा चुनाव छ काग्रेंसलाई जिताउनै छ साथीहरू, तपाईंहरूको स्वागतको लागि सदैव कुरेर बस्ने छु ।
अन्तस् मा तपाई सबै मित्रहरूलाई २०७९ सालको दशै, तिहार र छट पर्वको हार्दिक शुभकामना व्यक्त गर्दै कलम बन्द गर्ने अनुमति माग्छु ।
जय नेपाल
उहि तपाईहरूको साथी
कार्मा बुढा
उपसभापति जुम्ला

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com