About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

Darpanpost बिहिबार, आश्विन १३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

खड्क सुनार । असोज १३ । मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले जोड गरेका छन् । कर्णालीका हिमाली जिल्लामा उडान छाडेर निजी कम्पनीका जहाजहरू पर्यटक बोक्न पूर्वतिर लागेपछि मुगुसहित अन्य जिल्लाका यात्रु अलपत्र परेका छन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालय मुगुमा बसेको राजनीतिक दलका प्रतिनिधि र जहाजका कर्मचारीबीचको छलफलले आगामी दिनमा नियमित उडान भर्ने सहमति भएको छ । मुगुमा तारा, समिट, सीता एयरलाइन्सका जहाजहरू दसैंको बेला पर्यटक ओसार्न पूर्व तिर जोमसोम, पोखरा गएपछि मुगु , जुम्ला, डोल्पा, हुम्ला जिल्लाका यात्रु अलपत्र परेका हुन् ।

नेपालीहरूको महान् चाडपर्वको समयमा मुगुमा नियमित उडान भर्न र यात्रुको सास्तीलाई मध्यनजर गर्दै आज प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतमार्फत ध्यानाकर्षण पत्र बुझाएको नेपाली कांग्रेस मुगुका पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए ।

मुगुमा आइतबार र सोमबार तारा एयरले उडान भर्ने गरेको छ भने त्यस्तै आइतबार, मंगलबार नेपाल एरलायन्स, आइतबार , बिहीबार , शनिबार सीता र आइतबार, बुधबार , शुक्रबार समिट एयरले उडान भर्ने तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com