About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सुनवलमा रेबिज रोकथाम तथा नियन्त्रणका लागि निशुल्क खोप सेवा कार्यक्रम सम्पन्न

Darpanpost बिहिबार, आश्विन १३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१३ असोज । सुनवलमा रेबिज रोकथाम तथा नियन्त्रणका लागि निशुल्क खोप सेवा कार्यक्रम सम्पन्न भएको छ । बुधबार सुनवल नगरपालिका पशु सेवा शाखाको आयोजना र नेपाल पशु स्वास्थय प्राबिधिक संघ (NELTA), नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एसोसिएसन (NEVLA) को संयुक्त सहयोगमा सुनवल ३ स्थित सोमनाथ हाटबजारमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा “एक स्वास्थय अबलम्बन रेविजबाट शुन्य निधन” नाराका साथ रेबिजबिरुद्द निशुल्क खोप सेवा प्रदान गरिएको थियो ।

स्थानीयहरुले आफ्ना पशुलाई रेबिजबिरुद्दको खोप लगाएर लाभान्वित भएका छन । कार्यक्रममा बोल्दै सुनवल वडा ३ का अध्यक्ष पविन गुरुङ्गले मानव स्वास्थय सङै पशु स्वास्थ्य पनि महत्वपूर्ण रहेको बताउनुभयो । घरपालुवा जनावर र मानिस एक अर्को सङ अन्तरसम्बन्धित हुने भएकाले दुबैको स्वास्थयको विषय महत्त्वपूर्ण रहेको उहाले बताउनुभयो । गुरुङले वडा कार्यालय आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


उक्त कार्यक्रम सुनवल वडा ३ का अध्यक्ष पविन गुरुङ्गको प्रमुख आथिथ्यता र विमल ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com