१२ असोज , नवलपरासी । टनम लिम्बुको मायाको अस्मिता बोलको गित र म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जिला विश्वकर्माको स्क्रिप्ट, कथा र निर्देशनमा उक्त गित सार्वजनिक भएको हो ।
आफूले माया गरेको मान्छे आफ्नो साथमा नहँुदाको पीडा कति धेरै असह्य हुन्छ । अझ परीवार र मायाबीच एउटा रोज्नुपर्दा के निर्णय लिगौँ भन्ने दुविधामा अहिले हाम्रो समाजमा धेरै युवायुवती परीरहेका छन् । अझ जातभात, समाज र परीवेशले छुट्टाउँछ प्रेम गर्ने पवित्र मुटुहरुलाई । मायाको अस्मिता बोलको यो गितमा पनि यस्तै समाजको वास्तविक यथार्थलाई दर्शाईएको छ ।
समाजको वास्तविकता दर्शाउने यो गित विश्व खाजुम लिम्बुको म्युजिक, पदम रमजन मगरको अरेन्ज, मुस्कान मुकारुङ्ग राईको मिक्स मास्टरीङ, र ईसाक जावेगूको छायाङ्कन र सम्पादनमा बजारमा आएको हो । उत्कृष्ट अभिनय, नेपालको ग्रामिण भेगको भेषभुषा र यथार्थ दर्शाईएको यस गितको जति प्रशंसा गर्यो उति नै कम छ । टनम लिम्बुको आवाजले सुनमा सुगन्ध थपेजस्तै गितमा र भिडियोमा थप सुगन्ध थपेको छ । उदय बेगा, धना माया लिम्बू,केदार पण्डित, आशिका गुरुङ, सुरेश लवाटी, ऋषि लवाटी लगायले उक्त गितमा उत्कृष्ट अभिनय गर्नुभएको छ ।
समाजमा विद्यमान रहेको जातीय छुवाछुत र शिक्षा पाएर महान बनिरहेका तर व्यवहारीकतामा शिक्षाको कुनै पनि प्रयोग गर्न नसक्ने समाजका ठूलाठालाहरुको वास्तविक परिस्थितीलाई यस गितमा स्पष्ट पारीएको छ । एक माथिल्लो जात भनाउँदाले तल्लो जात भनाउँदालाई जव प्रेम गर्छ मित्रता गर्छ तब समाजका गनिएका शिक्षितहरुले नै विरोध गर्दछन् । अथाह प्रेम हुँदाहुँदा पनि छुट्नुपर्नेः कति आफ्नो प्रेम पाउन नसकेर नै जिन्दगीबाट छुटमारा पाउँने निर्णय लिन पुगेका छन् । एउटा साचो प्रेम उसको लागि जे पनि गर्न तयार रहने मन, मर्न नै किन नपरोस्, नधरमराउने मन । जब साचो प्रेम गर्ने प्रेमीहरुका बिचमा समाजका कुरीति र अन्भविश्वास , विभेद पर्खाल बनेर अगाडि आउँछन् तब निर्दाेष ति प्रेमीहरु विवश भएर आफ्नो बलि चढाउन बाध्य हुन्छन् ।
प्रेमलाई मूल विषय बनाएर बनाईएको यो मायाको अस्मिता गितमा समाजका थुप्रै तिता तर सत्य पाटाहरुलाई पल्टाईएको छ । नेपाली समाजमा रहेको वास्तविकताले कसको पो मन नरुहाउँला र? रुहाईहाल्छ ।
आजको आधुनिक समाजमा देखा परेका कुरीति र विभेदले समाजलाई नै मैलो बनाईरहेछ । बाहिर बाहिर देख्नका लागि विभेद नभएको देखाईएपनि वास्तवमा विभेद अझै पनि विद्यमान छ । यो गितले दिन खोजेको सन्देशले वास्तवमै श्रोता र दर्शकलाई भावविह्वल पार्दछ । सामाजमा विद्यमान रहेका कुरीतिलाई निर्मूल पारी भेदभावरहित र सभ्य समाजको निर्माण गर्नु हामी सबैको दायित्व हो ।
गित युटुबमा पनि राखिएको हुदा युटुबमा गएर पनि हेर्न सकिनेछ ।
गित हेर्न तलको लिन्क थिच्नुहोस ।