१२ असोज । अनलाइन ग्रुप मगर संसार फोटो ग्यालरी ग्रुप/पेजले अपांग बालिकालाई आर्थिक सहयोग गरेको छ । पेजले संस्थापक/अध्यक्ष अनिल लामिछाने मगर ज्यूँको विशेष पहलमा संकलित सहयोग रकम मगर संसार द्वारा रु.४ लाख ६० हजार ४ सय २८ रुपिया पीडितलाइ हस्तांतरण गरेको हो ।
पेजका अध्यक्ष अनिलको बिशेष पहलमा मगर संसारले आर्थिक अवस्था नाजुक भएका रोल्पा जिल्ला माडी – ५ हाल काठमाडौमा डेरा गरी बस्ले खिम ब.घर्ति मगर र ममता बाठा मगरको जेठी छोरी सामना घर्ति मगरलाई रु ५ लाख ६० हजार ४ सय २८ आर्थिक सहयोग गरेको हो । कक्षा ८ मा अध्ययनरत १५ बर्षिय सामनाको ९ महिनाको उमेरमा खाना पकाउने अगेना (आँगोमा) पर्दा जलेर दुबै खुट्टा गुमेको थियो । पेजले कृत्रिम खुट्टा हाल्नाका लागि सामनालाइ एडमीन गमित्रा मगर सँगै ललिगुरास डतकमका संचालक कमल सरगमको उपस्थितिमा असोज ९ गते सामना मगरको डेरामा पुगी हस्तांतरण गरेको हो ।
सहयोग अभियान एक महीना सम्म पर्सनल फेसबुक आईडी र मगर संसार फोटो ग्यालरी ग्रुप भित्र चलाएको थियो।
अभियानमा कोरिया,अमेरिका, मलेशिया, दुबई, साउदी, कतार ,कुबेत, इंडिया, क्यानाडा, हङकङ,जापान,नेपाल रोमाननिया,इराक, लण्डन लगायत देशमा बसोबास गर्नुहुने मनकारी मगर ,अमगर साथीहरुले सहयोग पठाउनु भएको जानकारी मुख्य अभियंता अनिल लामिछाने मगरले जानकारी दिनुभयो ।
हाल अनिल लामिछाने मगर कामको सिलसिलामा दक्षिण कोरिया हुनुहुन्छ । उहाँको नेतृत्वमा आजसम्म १२६ दीन, दुखी, गरीब पिडित बिरामिलाई online को माध्यम बाट सहयोग गरी सकेको समेत जानकारी दिनु भयो
५ बर्ष अघि “भेषभूषा,भाषा,लिपि,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौं, विश्व भरिका मगरलाई एकजुट गराउ” र दिन,दुखी,गरीब,अशक्त आर्थिक कमजोर बिरामिलाई सहयोग गरौ,भन्ने मूल नाराका साथ स्थापित मगर समुदायको लोकप्रिय ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेजले १२५ जनालाई सहयोग गरिसकेको छ ।