१२ असोज । बुधबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ । हिजो छापावाला प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सयले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
हिजो प्रतितोला १ हजार १ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।