About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नील हिरा समाजको एकदिने कार्यशाला गोष्ठी  सम्पन्न

Darpanpost बुधबार, आश्विन १२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मनजीत चौधरी,भैरहवा । १२ असोज । फरक लैङ्गिक पहिचान भएका समलिङ्गी तथा तेस्रोलिङ्गीहरुको हक अधिकार र न्यायको लागि संघर्ष गर्दै आइरहेको नील हिरा समाजले स्थानीय स्तरका विभिन्न राजनीतिक दलहरुबीच एकदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठी भैरहवा स्थित होटेल पौवामा मंगलबार सम्पन्न भएको थियो ।

कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्दै समाजका अगुवा एवं कार्यक्रम प्रस्तोता सुमन नेपालले तेस्रोलिङ्गीहरुलाई समाजले हेर्ने दृष्टिकोण बिभेदपूर्ण रहेको कारण तेस्रोलिङ्गीहरु राज्यको हरेक निकायबाट अपहेलित र अवसरबाट बञ्चित हुनुपरेको बताउनुभयो । प्रस्तोता नेपालले नील हिरा समाजले सामाजिक रुपमै अपहेलित फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरुको समानता र राज्यको हरेक निकायमा अर्थपूर्ण सहभागिताका मुद्दाहरु राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा समावेश गर्नुपर्ने र संवैधानिक प्रावधानलाई व्यवहारमा उतार्नु पर्ने जोडदार माग उठाउँदै आएको प्रष्ट पार्नुभयो । त्यस्तै समाजका मनिला न्यौपानेले समलिङ्गी तथा तेस्रोलिङ्गी(IGBTI) बारे प्रकाश पार्नुभएको थियो । वहाँले नेपालको संविधानको विभिन्न धारामा नागरिकता सम्बन्धी हक, समानताको हक, सामाजिक न्याय लगायतका हक अधिकार समावेश गरिएतापनि फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरु ती हक अधिकारबाट बञ्चित एवं अपहेलित हुनुपरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तुलाराम घर्तीले नागरिकता सम्बन्धी हक, समानताको हक र सामाजिक न्यायको हक संविधानको विभिन्न धाराहरुमा स्पष्ट समावेश गरिएतापनि कार्यान्वयन पक्ष कमजोर हुँदा अल्पसंख्यकमा रहेका तेस्रोलिङ्गीहरुको हक अधिकार र न्यायको लागि राजनीतिक दलहरुले पहलकदमी चाल्नुपर्ने बताउनुभयो । त्यस्तै माओवादी केन्द्रकै अर्का केन्द्रीय सदस्य दिपा वि.क. ले नेपाली समाजमा तेस्रोलिङ्गी र दलितलाई गर्ने व्यवहार फरक नरहेको दाबी गर्नुभयो । वहाँले हिन्दु धर्मले नै समाजमा जातीय एवं लैङ्गिक भेदभाव बीजारोपण गरेको ठोकुवा गर्नुभयो । राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले नश्लीय मनोविज्ञान बोकेको नेपाली समाजले कुकुर र गाईलाई सम्मान दिएको तर मानिसलाई भेदभाव गरी समाजबाट टाढा राखेको आरोप लगाउनुभयो । भारतीयलाई नेपाली नागरिकता बाँड्दै हिड्ने दलाल सरकारले आफ्नै देशको नागरिकलाई नागरिकता नदिएको आरोप लगाउँदै प्रदेश अध्यक्ष गुरुङ्गले राष्ट्रिय जनमुक्ति पार्टीले हरेक जाति, वर्ग, लिङ्ग र समुदायलाई समान अधिकार र अवसर दिएको स्पस्ट पार्नुभयो ।

कार्यक्रममा नेकपा एमाले रुपन्देही सचिव हेमराज पन्थी, जसपा रुपन्देही उपाध्यक्ष सियाराम यादव, राप्रपा रुपन्देहीका प्रवक्ता शिवचरण केवट लगायतले फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरु अब विभिन्न राजनीतिक दलहरुमा सरिक भई आफ्नो हक अधिकार र न्यायका मुद्दाहरु संबैधानिक रुपमै कार्यान्वयन गराउनका लागि दबाब सिर्जना गर्नुपर्ने धारणा राख्दै संविधानमै लैङ्गिक आरक्षण छुट्याइएको हुँदा आआफ्नो पार्टीले उचित स्थान र अवसर दिने प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com