११ असोज । पोखरा रंगशालामा असोज २८ गते हुने नवौं राष्ट्रिय खेलकुदको समुद्घाटन राष्ट्रपति बिद्यादेवि भण्डारीले गर्नु हुने भएको छ ।
महेश्वरजंग गहतराज (अथक) राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य दीपेन्द्र विष्टको संयुक्त टोलि समुदघाटनको निमन्त्रणा लिएर आज सितलनिवास पुगेको थियो ।
रास्ट्रिय खेलकुद सङघले रास्ट्रपति बिद्यादेवि भण्डारीलाई नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रममा निमन्त्रणा गरेको हो।
नवौं राष्ट्रिय खेलकुद– २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुन गइरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले शितल निवासमा निमन्त्रणा पत्र प्रदान गर्नुभएको थियो ।