११ असोज । नेपाल पत्रकार महासङघले भोलि पत्रकारहरुका हकहितका लागि धर्ना दिने भएको छ। महासङघले आज एक सुचना जारी गर्दै यस्तो बताएको हो ।
महासङघले भोलि दिउँसो १२ बजे नेपाल रिपब्लिक मिडिया लिमिटेडको सुन्धारास्थित कार्यालयमा धर्ना दिने जनाएको छ ।
श्रमजीवी पत्रकारहरुको हकहितका लागि नेपाल रिपब्लिक मिडिया लिमिटेड र नेपाल पत्रकार महासंघबीच भएको सहमति कार्यान्वयनमा नआएपछि श्रमजीवी पत्रकारहरुको हकहितका लागि महासंघले बिरोधस्वरुप को घोषित धर्ना दिन लागेको हो ।
महासंघले आफ्ना सबै सदस्यको उपस्थितिका लागि समेत अनुरोध गरेको छ ।