११ असोज । पछिल्लो २४ घण्टामा नेपालमा ५४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
पिसीआर र एन्टिजेन विधीबाट कुल ३ हजार ८ सय २९ जनामा परीक्षण गर्दा थप ५४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ७६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।