About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
राजमुपा रुपन्देहीको नियमित बैठक सम्पन्न 

Darpanpost मंगलबार, आश्विन ११, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मनजित चौधरी, 

११ असोज, तिलोत्तमा । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको नियमित बैठक आइतबार सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नं। ०९, मंगलापुर स्थित जिल्ला पार्टी कार्यालयमा बैठक सम्पन्न भएको हो ।

बैठकको विषयवस्तुमाथि प्रकाश पार्दै पार्टी जिल्ला अध्यक्ष प्रेम बहादुर थापा मगरले आश्विन २३ गते उम्मेदवारी मनोनयन दर्ता हुने भएको हुँदा सोही दिन पार्टीले पत्रकार सम्मेलन गरी उम्मेदवारको नामावली सार्वजनिक गर्ने बताउनुभयो । गत साउनमा बसेको पार्टी केन्द्रीय समितिको विस्तारित बैठकले अवधि पूरा भइसकेको पार्टीको प्रदेश, जिल्ला, नगर, गाउँ लगायत वडा समितिको अधिवेशन गरिहाल्नुपर्ने निर्देशन दिएको जानकारी गराउँदै अध्यक्ष थापाले   चुनाव अगाडि पुरानै समितिलाई यथावत् राखी मंसिर ४ पछि मात्र अधिवेशन गर्ने  बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले जनमुक्ति पार्टीमा मात्र ठोस भिजन, मिशन र एक्सन लिन सक्ने क्षमता र आँट रहेको दाबी गर्नुभयो । भ्रष्टाचारी नेताहरुले देश कंगाल बनाएको आरोप लगाउँदै प्रदेश अध्यक्ष गुरुङ्गले जनमुक्तिको नीति र सिद्धान्तले मात्र देशको मुहार फेरिने ठोकुवा गर्नुभयो । त्यस्तै पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष हरिओम बिकले २०४६ पछिको ३३ बर्षको अबधिमा ठूला पार्टीहरु पटकपटक सत्तामा गएपनि देश र जनताको लागि केही पनि नगरेको आरोप लगाउनुभयो । भ्रष्टाचारी दलाल नेतृत्वबाट जनता आजित भइसकेको हुँदा जनमुक्तिले आफ्नो नीति र आदर्श जनतालाई बुझाउन सके यसपालीको चुनावमा पार्टीले जित्ने बढी सम्भावना रहेको जनाउँदै उपाध्यक्ष बिकले रक्सी, मासु र पेट्रोलको लागि लाखौं खर्च गर्ने पार्टीले नै चुनाव जितेर सरकारमा पुगेसी भ्रष्टाचार गर्ने भएको हुँदा चुनावको बेला जनता सचेत हुनुपर्ने जिकीर गर्नुभयो ।

बैठकमा पार्टीका लुम्बिनी प्रदेश सचिव एवं रुपन्देही इन्चार्ज चित्र प्रसाद गुरुङ्ग, राष्ट्रिय महिला मोर्चा रुपन्देहीका उपाध्यक्ष सरिता श्रीस, जनमुक्ति युवा संघ रुपन्देहीका उपाध्यक्ष आकृति थापा तथा जिल्ला भित्रका सबै निर्वाचन क्षेत्रका क्षेत्रिय अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । बैठक जिल्ला अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षता र जिल्ला सचिव दिलु गुरुङ्गको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com