About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

कोरोना महामारीमा पिल्सिएका उद्योगी व्यवसायीलाई राहत दिने कार्यक्रम ल्याउन उद्योग व्यापार संघको माग

Darpanpost मंगलबार, आश्विन ११, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

देवदह । ११ असोज । उद्योग व्यापार संघ देवदहले कोरोना महामारीमा पिल्सिएका उद्योगी व्यवसायीलाई राहत दिने गरी कार्यक्रम ल्याउन माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले राष्ट्र बैंकले तय गरेको कार्यक्रमले देशको उद्योग व्यवसाय थप धरासायी हुने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा नेपाल राष्ट्र बैंकले भदौ ७ गते चालु पुँजी कर्जा मार्ग दर्शन जारी गर्दै ईजाजत प्राप्त क, ख, ग वर्गका बैंक तथा वित्तिय संस्थालाई २०७९ कार्तिक १ गतेदेखि लागु हुने गरि गरिएको सूचनाप्रति नेपाल उद्योग व्यापार संघ, देवदहको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।

संघका देवदह अध्यक्ष मेघराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई करोडभन्दा कम चालु पुँजी कर्जाको सिमा वार्षिक अनुमानित कारोवारको जम्मा २० प्रतिशत मात्र कुल चालु पुँजी कर्जाको सिमा र कर्जाको अवधि १ वर्ष वा सो भन्दा कम हुनु पर्नेछ र यस्तो कर्जा सिमा नवीकरण योग्य हुने र २ करोडभन्दा बढीका फर्म/संस्था/ कम्पनीलाई वार्षिक अनुमानित कारोवारको २५ प्रतिशत मात्र कुल पुँजी कर्जा सिमा र कर्जाको अवधि १ वर्ष तोकिनुले भर्खर मात्रै कोरोना महामारीको सामना गरेर उठ्दै गरेको तथा अहिलेको आर्थिक मन्दी, नेपालको अर्थतन्त्रमा देखिएको समस्या, आर्थिक तरलताको अभाव भएको वेलामा निकै अव्यवहारिक मात्र नभई अधिकांश उद्योगी व्यवसायीहरुलाई विस्तापित गरी यसले गम्भीर परिणाम निम्त्याउने देखिन्छ ।’

राज्यको गलत नीतिका कारण आउने असमान्य अवस्थाको जिम्मेवारी कस्ले लिने भन्ने भन्ने प्रश्न गर्दै विज्ञप्तिमा लेखिएको छ – “त्रैमासिक आन्तरिक लेखा परिक्षणबाट प्रमाणित गराउनु पर्ने पनि निकै अव्यवहारिक र व्यवसायीहरुलाई कठिन हुने विषय भएको हुँदा व्यवसायीहरुको चालु पुँजि कर्जामा वर्गिकरण र निरन्तर हुनुपर्ने, वार्षिक लेखा परिक्षण र चालु पुँजी कर्जा वार्षिक अनुमानित करोवारको प्रकृति हेरी ६० देखी ७० प्रतिशत कम्तिमा पनि २ वर्षसम्म कायम गर्नुपर्ने र बैंकबाट लिएको ऋण अन्य क्षेत्रमा लगानी गरे नगरेको स्वयम बैकले नै अनुगमन गर्नुपर्नेमा नेपाल उद्योग व्यापार संघ, देवदह जोडदार माग गर्दछ ।”

देशको उद्योग व्यापार र समग्र अर्थतन्त्रसंग जोडिएका आफ्ना माग पूरा नगरिए चरणवद्ध आन्दोलन गर्ने समेत विज्ञप्तिमा जनाईएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
मङ्सिर १२ गते सोमबार, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com