About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

बढ्दो डेङ्गु : मौन स्थानीय सरकार

Darpanpost मंगलबार, आश्विन ११, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

११ असोज । वडास्तरका गाउँ–गाउँमा डेङ्गु फैलिँदासमेत स्थानीय जनप्रतिनिधिलाई चासो र चिन्ता देखिएको छैन। स्थानीय तहको स्वास्थ्य र सरसफाइको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्ने भए पनि डेङ्गु नियन्त्रणमा स्थानीय तहले खासै काम गर्न सकेका छैनन्। बरु यो रोग नियन्त्रणलाई बेवास्ता गरेका छन्।

स्थानीय तहले डेङ्गु अध्ययन, अनुसन्धानको अभियान सञ्चालन गर्न नसके पनि सरसफाइ, सचेतना, रोकथाम र नियन्त्रणको अभियान सञ्चालन गर्न सक्छन्। त्यसबाट पनि डेङ्गु नियन्त्रण हुन्छ। सो काम हालसम्म कसैले पनि गर्न सकेका छैनन्। कोरोना सङ्क्रमणको समयमा भने स्थानीय सरकारले विदेशबाट आउनेको तथ्याङ्क अद्यावधि, नियमित स्वास्थ्य अवस्थाको अनुगमन, क्वारेन्टाइनको व्यवस्थापन, पालिका प्रवेश गर्नेको आधारभूत स्वास्थ्य जाँच र हेल्थ डेस्क सञ्चालन गरेका थिए।

त्यस्तै घरधुरी स्तरमा मास्क तथा स्यानिटाइजर वितरण, साबुनपानीले हात धुन सचेतना अभियान सञ्चालनमा निकै ठूलो रकम खर्च गरेका थिए। कतिपय स्थानीय तहले खाद्यान्न वितरणसमेत गरेका थिए। ती कुरामा करोडौँ रकम खर्च भएको थियो। डेङ्गु रोग नियन्त्रण गर्न मच्छड मार्नुपर्ने, पानी जमेका ठाउँ पुर्नुपर्नेजस्ता सामान्य तर बजेट खर्च नहुने कुरामा भने जनप्रतिनिधिले खासै ध्यान दिएका छैनन्। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com