About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
गुल्मिमा २१७ जना विद्यार्थीले पाए नि: शुल्क स्कुल ब्याग

Darpanpost मंगलबार, आश्विन ११, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

विवश विष्ट, गुल्मी । १० असोज । गुल्मी जिल्लाको एक विद्यालयमा नि:शुल्क स्कुल ब्याग वितरण गरिएको छ । जिल्लाको मदाने गाउँपालिका १ अग्लुङ्गमा अवस्थित श्री ओख्लेदह आधारभुत विद्यालयमा स्कुल ब्याग नि: शुल्क रुपमा वितरण गरिएको हो । विद्यालयका २१७ जना विद्यार्थीले नि: शुल्क विद्यालय शिक्षा पाएका छन् । यो सँगै विद्यार्थी र अभिभावक खुसि भएका छन ।

नेपाल हेल्प नामक संस्थाको सहयोगमा प्रदान सोमबार विद्यालयमा विद्यार्थीहरुलाई ब्याग वितरण गरिएको हो । नेपाल हेल्प नामक संस्थाका प्रतिनिधि तथा मधाने सामुदायिक स्वास्थ्य केन्द्रका इन्चार्ज यमलाल भुषाल, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बिष्ट, वडा सदस्य भगत चन्द, लगायतका व्यक्तिहरुको उपस्थितिमा विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको थियो ।

श्री ओख्लेदह आधारभुत विद्यालयलाई नेपाल हेल्प्कले यस अघि पनि थुप्रै सामाग्री सँगै सहयोग प्रदान गरिसकेको छ । विद्यालय रंगरोगन देखि लिएर यसै संस्थाले प्रदान गरेको कपि पेन्सिल लगायतका स्टेसनरी सामाग्री सहयोग गरेपश्चात यहाँका विद्यार्थीहरुले नि:शुल्क कपि, पेन्सिल लगायतका स्टेसनरी सामाग्री पाउदै आएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विष्टले सहयोगका लागि नेपाल हेल्प संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाले बिद्यालयलाउ मदानेको मात्र नभई जिल्ला कै उत्कृष्ट बनाउने गरि अघि बढेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com