About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
द सनराईज युथ क्लबको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

अध्यक्षमा विष्टसहित १३ सदस्यीय कार्यसमिति गठन

Darpanpost सोमबार, आश्विन १०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

बिवस बिस्ट । गुल्मी, १० असोज । द सनराईज युथ क्लबको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । मदाने गाउँपालिका १ अग्लुङ्ग ओख्लेदहमा स्थापित द सनराईज युथ क्लबको सोमबार प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको हो ।

वि स २०६९ मा स्मृति स्नेह संगितमय बाल क्लबका रुपमा स्थापित यस क्लब २०७१ मा युवा क्लबमा परिणत हुँदै आएको र भर्खर मात्रै वैधानिकता पाएको यस द सनराईज युथ क्लबको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

क्लबको अधिवेसनबाट विवश विष्टको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । यस्तै अध्यक्षमा विवश विष्ट, उपाध्यक्ष इन्द्रजित विष्ट, सचिवमा राजकुमार विष्ट, सहसचिवमा प्रमिला कुँवर, कोषाध्यक्षमा सपना बि. क यस्तै सदस्यहरुमा महेश बोहरा, विष्णी चन्द, विष्णा चन्द, प्रशान्त विष्ट, मनिष विष्ट, प्रकाश बि.क, तुलाराम चन्द र नेत्र चन्द नियुक्त हुनु भएको छ । त्यस्तैगरि क्लबको संरक्षक समितिमा वडा अध्यक्ष सुशील चन्दको संयोजकत्व वडा सदस्य भगत चन्द र लाल बहादुर विष्ट चयन हुनुभएको छ ।सल्लाहकार समितिमा राजेन्द्र विष्टको संयोजकत्वमा बालकृष्ण चन्द,भिमबहादुर घर्ती क्षेत्री, सावित्रा चन्द र कमला बस्नेत चन्द गरि ५ सदस्यीय बनेको हो ।

वि स २०६९ सालमा स्मृति स्नेह संगितमय बालक्लबका रुपमा स्थापित यस संस्था २०७१ सालमा द सनराईज युवा क्लब हुदै सातौं वार्षिकोत्सब मनाइसकेको छ । यद्यपि भर्खरै मात्र वैधानिकता पाए सँगै क्लबले प्रथम साधारणसभा तथा प्रथम अधिवेशन गरेको हो । क्लबले सामाजिक, साँस्कृतिक लगायत खेलकुद, स्वास्थ्य, शिक्षा सँगै विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएको छ। स्वास्थ्य सचेतनाका कार्यक्रम देखि लिएर विभिन्न विद्यालयहरुमा छात्रवृत्तिका कार्यक्रम, खेलकुदका कार्यक्रम सँगै विभिन्न समाजसेवाका कार्यहरु गर्दै आइरहेको छ ।

कार्यक्रममा क्लबका अध्यक्ष भिम बहादुर घर्ती क्षेत्रीले अध्यक्षता प्रतिवेदन र कोषाध्यक्ष प्रमिला कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम क्लबका संरक्षक समिति संयोजक लाल बहादुर विष्टको प्रमुख आतिथ्यता, सल्लाहकार समिति संयोजक राजेन्द्र विष्टको विशिष्ट आतिथ्यता र क्लबका तदर्थ समितिका अध्यक्ष भिम बहादुर घर्ती क्षेत्रीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com