१० असोज । सुनवल नगरपालिकाले घरघर पुगेर स्वास्थ्य परिक्षण गर्दा आफुहरुलाइ सहज भएको सुनवलबासी बृद्धबृदाले बताएका छन । वृद्धवृद्धाले स्वास्थय संस्था जान आफुहरुलाइ समस्या भइरहेको समयमा नगरपालिकाले गरेको कार्यले आफुहरुलाइ सहज भएजो बताएका हुन । उनिहरुले आफुहरु घरमै बसेर स्वास्थय परिक्षण गर्न पाउँदा खुसी लागेको बताएका छन । उनिहरुले नगरपालिकाले राम्रो काम गरेको भन्दै धन्यवाद पनि दिएका छन ।
सुनवल नगरपालिकाले गत असोज ५ गतेदेखिं ज्येष्ठ नागरिकको घरमै पुगेर निशुल्क स्वास्थय परिक्षण अभियान सुरु गरेको थियो । सुनवल नगरपालिका वार्ड नं ३ ले जेष्ठ नागरिकहरुलाई नदुवा टोलबाट घरैमा पुगेर स्वास्थ्य परीक्षण अभियान सुरु गरेको थियो । उक्त कार्यक्रमबाट जेष्ठ नागरिकहरु लाभान्वित भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा दिने उद्देश्यका साथ वार्डमा रहेका नागरिकहरुलाई घर–घरमा स्वास्थ्यकर्मीको टोली पुगेर सेवा दिन थालेको हो ।