नवलपरासी । १० असोज । नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति प्रतिनिधी सभा क्षेत्र नं. २ नवलपरासी वर्दघाट सुस्ता पश्चिम को भेला सम्पन्न भएको छ । सोमबार भेला सम्पन्न भएको हो ।
उक्त भेलामा बोल्दै पार्टीका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलले टोलटोलबाट नेपाली कांग्रेसलाई जिताउन सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले नेपाली काँग्रेसका आधिकारीक उम्मेदवारलाई अन्तरघात र असहयोग गर्नेलाई पार्टीले फिल्डबाटै कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।
उक्त कार्यक्रममा पार्टीका पदाधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम पार्टीका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ का सभापति माधव प्रसाद पाण्डेयको सभापतित्व र सचिव भरत पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।