असोज १० । मिना गैरे । राष्ट्रपति विद्यादेवी भण्डारीले दूईबटा विधेयकहरु प्रमाणिकरण गर्नुभएको छ । भण्डारीले शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।
भण्डारीले आईतबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम दूई विधेयक प्रमाणिकरण गर्नुभएको हो ।