१० असोज । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य ओरालो लागेको छ । छापावाला सुन आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । हिजो चाँदी प्रतितोला १ हजार १ सय ७० मा कारोबार भएको चादी आज १ हजार १ सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।