About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
कपिलवस्तुमा प्रहरीद्वारा पत्रकार काेरी माथी दुर्व्यवहार: पत्रकार संगठनको ध्यानाकर्षण, कारवाहीकाे माग

Darpanpost सोमबार, आश्विन १०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु । १० असोज । नेपाल प्रेस चाैतारी जिल्ला कार्यसमिति सदस्य , राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति सदस्य एवं अवधी पत्रकार संघ कपिलवस्तु कार्यसमिति सदस्य पत्रकार धनी राम काेरी माथि फाेटाे र भिडियो बनाउने क्रममा प्रहरीले दुर्यब्यवहार पत्रकार संगठनहरुले प्रेस विज्ञप्ति निकालेर कारवाहीकाे माग गरेका छन् ।

आइतवार दिउसो ४ बजेर २० मिनेटकाे समयमा महाराजगन्ज नगरपालिका वडा नं १ बस्ने धनी राम काेरी माथि प्रहरीले श्री बुद्ध पद्य माध्यमिक विद्यालयकाे खेल मैदानमा म्यादी प्रहरी छनाेट भइरहेको स्थानमा पत्रकार काेरीलाई प्रहरीले गाली गलौज तथा दुर्यब्यहार गरेको पत्रकार धनीराम कोरिले आफ्नो फेसबुक वालबाट जानकारी गराएका छन् ।

प्रहरीले माेबाइल खाेसेर , दुर्ववहार र अपशब्दको प्रयोग गरेको पत्रकार कोरिले बताएका छन् । पत्रकारलाई थुन्ने , मुख फाेड्ने लगायतको धम्की सहित गाली गलाैज समेत गरेको पत्रकार धनीराम कोरिले बताएका छन् ।

पत्रकार धनी राम काेरी साझा टेलिभिजन , रेडियो , पत्रपत्रिका र विभिन्न अनलाइन संचार मध्यमहरुमा कपिलवस्तु जिल्ला भित्र रहेर काम गर्दै आएका छन ।

सो घटनापछि प्रेस चाैतारी नेपाल र राष्ट्रिय दलित पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले प्रेस बिज्ञप्ति जारी गर्दै घटनाम गम्भीर ध्यानाकर्षण भएको बताउदै दोषीलाइ कारबाहीको माग गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com