About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पदमा १६५ जना नियुक्त

मिना गैरे बिहिबार, आश्विन ०६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

६ असोज । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पदमा १६५ जनालाई नियुक्त गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै अधिकृत र मुख्य अधिकृत नियुक्त गरेको जनाएको हो ।

आगामी मंसीर ४ गते हुन गईरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगले प्रतिनिधी सभा निर्वाचन ऐन २०७४ को दफा ८ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ बमोजिम जिल्ला न्ययाधिस तथा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्धितिय श्रेणीका अधिकृत कर्मचारीहरुलाई निर्वाचन अधिकृत र प्रमुख निर्वाचन अधिकृत तोकेको हो । तोकिएका अधिकृतहरुको पद असोज ११ गतेदेखि लागू हुँने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले नियुक्त भएका अधिकृत र निर्वाचन अधिकृतहरुले असोज १२ र १३ गते निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । त्यस्तै आयोगले निर्वाचन अधिकृत नियुक्तिपत्र अभिमुखीकरण कार्यक्रममा उपलब्ध गराउने जनाएको छ । अभिमुखीकरण हुने स्थान आयोगको वेभसाईट डब्लु डब्लु डब्लु डट ईलेक्सन डट एनपीमा गएर हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com