About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
पवित्रा न्यौपानेको दुरी टाढा छ बोलको गित र भिडियो सार्वजनिक

Darpanpost बिहिबार, आश्विन ०६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

६ असोज । पवित्रा न्यौपानेको दुरी टाढा छ बोलको गित र भिडियो सार्वजनिक भएको छ । फरक फरक देशमा भएका दूई प्रेमीको कथा दर्शाएर निर्माण गरीएको यो गितले समाजमा अहिलेको वास्तविक अवस्थाको चित्रण गरेको छ । प्रदेश र स्वदेश बिचकेृ दुरीका कारण तड्पिएका दूई प्रेमीहरुको अवस्था देखदा दर्शकको मन भारी भएर आँखामा आसु आउँनु स्वभाविक कुरा हो ।

उत्कृष्ट शब्द र मिठो आवाज रहेको यो गितमा रोशन सिँघ र अस्मिता अधिकारीले आवाज भर्नुभएको छ । शब्दका मिठमससँगै उत्कृष्ट गायन कलाले मन नै हल्का बनाईदिन्छ ।

समयसान्दर्भिक र उत्कृष्ट यो गितको भिडियो निर्माण र निर्देशनमा ऋषि बराल सिर्जनले गर्नुभएको हो । भिडियो अरेन्जिङ् विशाल रानाले गर्नुभएको हो भने मिक्स मास्टरीङ् कुमार रानाले गर्नुभएको हो । यो गित मारुनी डिजिटल स्टुडियोमा रेकर्ड भएको हो, गितमा जिवी चिरन, पवित्रा न्यौपाने, आराध्य आर एल शाह, उपेश ढकालले प्रमुख भूमिकाको अभिनय गर्नुभएको छ । राम केसी र कबिन खड्काको छायाङ्कन र अमृत चापागाईको सम्पादनमा यो गित बजारमा आएको हो ।

माया शब्द सुन्दा पनि मनमा तरंग उत्पन्न हुन्छ । अझ आफूले मन पराएको र चाहेको मान्छे हुनुपर्छ, उसँगको पल नै सर्वाेत्कृष्ट र अधिक प्रिय लाग्ने गर्दछ । केही प्रेम टाढा भएको कारण र परीवारको असहमतिले पनि टुट्ने गरेका छन् । सधैँ उसको नाम र उसको बाटो हेर्दा र उसको प्रतिक्षमा बस्दाको पल कहाँ कुनै प्रेमी वा प्रेमिकाले भुल्न सक्छ र ? कदापी सक्दैन् ।

कोही मन परेर मनमा बस्नुपर्छ, अनि दुनियाँ एकतिर र आफ्नो प्यारो मान्छे एकतिरको लाग्ने गर्छ । दुनियाँ छाड्न मन दोधारमा पर्दैन तर आफूले माया गरेको मन पराएको मान्छे बाट कहिले पनि टाढा हुन सकिदैँन । टाढा भएर पनि उसकै यादमा भिज्ने परेली, उसकै बारेमा आउँने सपनी अनि उसका अविस्मरणीय यादहरु कहाँ भुल्न सम्भव छ र । एकछिन भेट नहुँदा त तड्पिने मन अझ कहाँ कसरी सात समुन्द्र पारी हुँदा खपिसक्नु हन्छ ।

दुरी टाढा छ भन्ने गितमा पनि यस्तै प्रसंग देखार्यएको छ । मायाको लागि आफ्नो देश छाड्ने र आफ्नो परीवारलाई छाडेर स्वदेश फर्किएको पनि देखाईएको छ । कास्तवमै माया सर्वाेत्कृष्ट र सर्वाेपरी छ ।

यो गितको भिडियो युटुबमा पनि राखिएको हुदा युटुबबाट पनि हेर्न सकिन्छ । भिडियो हेर्न तलको लिन्क थिच्नुहोस ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com