About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
अस्थायी मतदाता नामावली तयारी कार्यक्रम आज देखि सुरु

Darpanpost बिहिबार, आश्विन ०६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

६ असोज । निर्वाचन आयोगले गर्ने भनेको अस्थायी मतदाता नामावली तयारी कार्यक्रम आज देखि सुरु भएको छ । निर्वाचन आयोगले शनिबार एक सुचना जारी गर्दै अस्थायी मतदाता नामावली दर्ता कार्यक्रम गर्ने जनाएको थियो । निर्वाचन आयोगले आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन २०७३ को दफा ३० बमोजिम अस्थायी मतदाता नामावली संकलन सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै छ । आयोगले उक्त कार्यक्रम सार्वजनिक विदाको दिनमा पनि सञ्चालन हुने जनाएको छ ।

आयोगले आजदेखि ८ गतेसम्म नेपाल सरकार मातहतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, थुनुवा, कैदी निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी लगायत नेपाल सरकार मातहतका प्रदेश सरकार वा स्थानीय सरकार मातहतका कार्यालयहरुद्धारा स्वीकृत लिई सञ्चालन भएका वृद्धाश्रममा भएका व्यक्तिहरुलाई अस्थायी मतदाता नामावलीमा समावेश हुने व्यक्तिहरुको नामावली कार्यालय प्रमुखले प्रमाणित गरी पठाउँन भनेको छ ।

आयोगले असोज ८ गतेदेखि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको नाम प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउँन निर्देशन दिएको छ ।
त्यसपश्चात विवरण रुजु गरी प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन गर्न कार्तिक १ गते निर्वाचन कार्यालयमा सम्पर्क गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

अस्थायी मतदाता नामावलीमा नाम छुट भएका वा प्रकाशनमा त्रृटि भएका व्यक्तिले कार्तिक २ गतेदेखि ३ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने आयोगले जनाएको छ । कार्तिक ४ गते प्राप्त भएका निवेदन उपर जाचबुझ गरी शंशोधित मतदाता नामावली निर्वाचन कार्यालयले प्रकाशन गर्ने आयोगले जनाएको छ ।

त्यस्तै आयोगले शंशोधन गरीएका अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको दावी विरोध सम्बन्धित निर्वाचन कार्यालयमा गई कार्तिक ५ देखि कार्तिक ६ गतेसम्म गर्न सकिने जनाएको छ ।

आयोगले कार्तिक ७ गतेदेखि ११ गतेसम्म दावी विरोध निवेदन उपर जाचबुझ गर्ने जनाएको छ । त्यस्तैगरी आयोगले कार्तिक १२ देखि १३ गतेसम्म अन्तिम अस्थायी मतादाता नामावली तयार गर्ने जनाएको छ र कार्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com