६ असोज । कारोबारको पाचौँ दिन बिहिबार आज सुनचाँदीको मुल्यमा वृद्धि आएको छ । हिजो प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज बढेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । हिजो १ हजार १ सय ७० मा कारोबार भएको चाँदी आज १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।