About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
महिला मोर्चाको लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न

Darpanpost बिहिबार, आश्विन ०६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मनजीत चौधरी
तिलोत्तमा । राष्ट्रिय जनमुक्ति पार्टीको भातृसङ्गठन राष्ट्रिय महिला मोर्चा लुम्बिनी प्रदेशको बुधवार दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशन राष्ट्रिय महिला मोर्चा केन्द्रीय समितिको आयोजना र जिल्ला समिति रुपन्देहीको व्यवस्थापनमा तिलोत्तमा नगरपालिका वडा नं। ०९ स्थित कबिराज भवनमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय बरिष्ठ उपाध्यक्ष एवं महिला इन्चार्ज कमला थापा मगरले महिलाहरु सामाजिक पहुँच र आर्थिक समृद्धिका लागि उद्यमशील हुनुपर्नेमा जोड दिनुभयो । पार्टीभित्रका महिलाहरु नेतृत्व गर्न सक्षम र योग्य भइसकेको दाबी गर्दै बरिष्ठ उपाध्यक्ष थापाले पार्टीले महिलालाई ५०५ अधिकार दिएको कारण अब महिलाहरु नेतृत्व गर्नका लागि अघि बढ्नुपर्ने जिकीर गर्नुभयो ।

ूविगतमा पार्टीको तर्फदेखि समानुपातिकबाट प्रतिनिधिसभामा पार्टीका प्रतिनिधिहरु गइसकेका र उहाँहरुले कुनै किसिमको भ्रष्टाचार, अनियमितता एवं गैरसंवैधानिक कार्यहरु नगरेको कारण पार्टीलाई जनताले मन पराएको छ । उपाध्यक्ष थापाले भन्नुभयो । उहाँले अहिले देशको राज्यसत्ता जनमुक्ति कै सिद्धान्त र मर्म अनुरुप चलेको र पार्टीले कुनै किसिमको भ्रष्टाचार, अनियमितता नगरेको हुँदा सोही कुरालाई चुनावी एजेण्डा बनाएर गइयो भने पार्टीले जित्ने सम्भावना बढी रहेको दाबी गर्नुभयो ।

त्यस्तै कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रिय भुतपुर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष भीम बहादुर राना मगरले पार्टीमा सबैभन्दा अहम् भूमिका र महत्वपूर्ण योगदान महिलाको रहेको दाबी गर्नुभयो । उहाँले महिलाहरु अब बिश्व इतिहासलाई हल्लाउन सफल भएका महिला नेतृत्वको उदाहरणहरु आत्मसात् गर्दै सामाजिक एवं राजनीतिक नेतृत्वका लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले महिला अधिकार र सशक्तीकरणका जति कुरा गरेपनि महिलामाथि पुरानै परम्परा यथावत रहँदा महिलाको सामाजिक , आर्थिक एवं राजनीतिक विकास हुन नसकेको जिकीर गर्नुभयो । उहाँले जनमुक्ति पार्टी देशकै एउटा इमान्दार पार्टी रहेको हुँदा आगामी प्रदेश तथा प्रतिनिधिसभाको चुनाव पैसाले नभई सिद्धान्त, आदर्श र इमान्दारिताले जित्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष एवं महिला मोर्चाका केन्द्रीय अध्यक्ष होमाया गुरुङ्ग, पार्टीका केन्द्रीय अनुगमन सचिव तारा बलाल मगर, महिला मोर्चाका केन्द्रीय बरिष्ठ उपाध्यक्ष मधु राना, महासचिव धनी आले लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मोर्चाका प्रदेश कोषाध्यक्ष माया सारु मगरको संयोजकत्व, मोर्चाका रुपन्देही अध्यक्ष ज्योति थापा मगरको स्वागत र प्रदेश सचिव आशा गुरुङ्गको संचालनमा सम्पन्न भएको थियो । निर्णायक मण्डल संयोजकमा मोर्चा केन्द्रीय अध्यक्ष होमाया गुरुङ्ग र सदस्यहरुमा केन्द्रीय महासचिव धनी आले र सदस्य खिमा थापा रहेका थिए ।

अधिवेशनले धनिसरा दर्लामी(रुपन्देही) को अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ, जसको उपाध्यक्षमा आशा गुरुङ्ग(रुपन्देही), सचिव दिलु गुरुङ्ग(रुपन्देही), सह(सचिव वसु राना(कपिलवस्तु), संगठन सचिव रावित्री राना(पाल्पा) र कोषाध्यक्ष माया सारु मगर(रुपन्देही) रहेका छन् । त्यस्तै सदस्यहरुमा दिलकुमारी थापा(बाँके), खिमा राना(गुल्मी), रुपा हरिजन(सुस्ता, नवलपरासी), मेनुका हरिजन(सुस्ता, नवलपरासी) र विष्णु सोमै मगर(कपिलवस्तु) रहेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com