About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
मगर महिला संघले मनायो रजत महोत्सव

Darpanpost सोमबार, आश्विन ०३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मनजीत चौधरी. तिलोत्तमा । समाजमा दिनानुदिन बढ्दो क्रममा रहेको साइबर अपराधको समस्यालाई मध्यनजर गर्दै नेपाल मगर महिला संघ तिलोत्तमा नगर समितिले शनिबार संघको २५औ स्थापना दिवस९रजत महोत्सव० को अवसर पारी एकदिने साइबर अपराध र कानुन विषयक अन्तर्क्रिया एवं प्रशिक्षण सम्पन्न गरेको छ । संघले ति।न।पा।(०३, योगीकुटी स्थित सगुन रिसोर्टमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।No description available.

कार्यक्रमको समुद्घाटन नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि गीता सारु मगरद्वारा पानसमा दीप प्रज्वलन गरी केक काटेर गरिएको थियो । कार्यक्रममा बोल्दै सारुले नेपाल मगर संघको दाङमा सम्पन्न १२औ राष्ट्रिय महाधिवेशनले राज्य संचालनका मतियारहरुले मगर समुदायको सभ्यता र पहिचानलाई जानीजानी ओझेलमा पारेको कुरा औल्याएको जानकारी गराउँदै मगर सभ्यता, पहिचान र अधिकार संवैधानिक रुपमै सुनिश्चित गर्नका लागि मगर अगुवाहरुले सडक र सदनबाट आवाज उठाउनुपर्ने जिकिर गरे । उनले आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेश एवं प्रतिनिधिसभाको निर्वाचनमा देश बेचुवा, जनताको टाउकोमा अत्याधिक ऋण थोपर्ने दलाल नेतृत्वलाई जनताले पाखा लगाउनुपर्ने बताए ।No description available.

उनले थपे, ूनिर्वाचन आयोगले समानुपातिक तर्फ बिभिन्न कलस्टर छुट्याए पनि प्रत्यक्षतर्फ त्यस्तो कुनै प्रावधान नरहेको कारण आयोगले महिलाहरुलाई विभेदमा पारेको छ ।ू यतिमात्र नभई उनले गठबन्धन सरकारले सम्पन्न आसन्न स्थानीय निर्वाचनबाटै महिलाहरुको अधिकारलाई कुण्ठित गर्दै आएको आरोप लगाए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश सदस्य केशरी तरामु मगरले संघले आफ्नो स्थापना दिवस पहिला असोज ३ गते मनाउँदै आएको तर सोही दिन देशका नश्लीय शासकहरुले मगर लगायतका उत्पीडित समुदायको अधिकार र पहिचानका मुद्दालाई बेवास्ता गर्दै एकपक्षीय ढंगबाट संविधान लागू गरेको हुँदा उक्त दिनलाई कालो दिनको रुपमा लिँदै आएको बताए । त्यसैगरी नेपाल मगर संघ जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष अन बहादुर सोती मगरले महिलाहरुले राज्यले संवैधानिक रुपमा प्रावधान गरेको अधिकार पाएको छ कि छैन भनी महिला मगर संघले राज्यसंग ताकेता गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रमको विषयमा नेपाल मगर महिला संघ तिलोत्तमा नगर समिति एवं कार्यक्रमका अध्यक्ष राधिका श्रीस पुनले प्रकाश पारेका थिए भने ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक बेगम खनालले साइबर अपराध र कानुन विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेपाल मगर संघका लुम्बिनी प्रदेश सदस्य मनोज श्रीस, तिलोत्तमा नगर अध्यक्ष लिलमाया राना, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका सचिव प्रेम कनौजे लगायतको उपस्थिति रहेको थियो । त्यस्तै बहुजातीय साँस्कृतिक समूहबाट स्वागत गीत सहित बिभिन्न स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम संघका अध्यक्ष राधिका श्रीस पुनको अध्यक्षता, उपाध्यक्ष गायत्री थापा मगरको स्वागत र सचिव मनमाया थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com