३ असोज । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
हिजो प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सयले घटेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ ।हिजो प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार १ सय ७५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।